Home / Blogs / सुजुकीको ६० किलोमिटर माइलेज दिने स्कुटर ।
  • Latest Bikes
  • 0

सुजुकीको ६० किलोमिटर माइलेज दिने स्कुटर ।

Nepal Auto Trader

Share this News

image

सुजुकीको बजार सधैं राम्रो नै छ । अहिले नेपालमा सुजुकी लोकप्रिय बन्दै गइरहेको छ । कम्पनीले सुजुकी जापानीज कम्पनी भएकोले त्यसका उत्पादनहरु टिकाउ र किफायती रहेको दाबी गर्दै आएको छ । भन्नै पर्दा सुजुकी मात्र यस्तो कम्पनी हो, जसले ५ वर्षको वारेन्टी दिन्छ ।सुजुकीले अब चाडै नै २५० सिसिको जिक्सर बाइकल ल्याउँदैछ ।


पछिल्लो समय सुजुकी स्कुटरले पनि बजारमा पिकअप लिन थालेको छ । अहिले सुजुकीका दुईवटा मोडल नेपाली बजारमा उपलब्ध छन् । उच्च पावर, आकर्षक डिजाइन भएको कारण सुजुकी स्कुटरमा नेपालीको आकर्षण देखिन थालेको हो । सुजुकी दुबै मोडल १२५ सीसी इञ्जिन क्षमतामा उपलब्ध छन् । सुजुकी एक्सेसलाई नेपाली बजारमा धेरै रुचाइएको छ ।


मोटरसाइकल निर्माता कम्पनी सुजुकीले नयाँ स्कुटर ल्याएको धेरै समय भएको छैन । कम्पनीले आफ्नो १२५ सिसिको स्कुटर ‘एक्सेस’ लाई नयाँ रङमा बजारमा ल्याएको हो। नयाँ एक्सेस ‘म्याट’ रङमा उपलब्ध हुनुका साथै यसमा डिस्क ब्रेक पनि छ। नेपाली बजारमा यो स्कुटरको मूल्य २ लाख ९ हजार ९ सय रुपैयाँ रहेको छ । 

१२५ सिसिको एक्सेसले अधिक ८.७ बीएचपी शक्ति र १०.२ एनएम टर्क उत्सर्जन गर्छ। अटोमेटिक ट्रान्समिसन भएको यो स्कुटरले प्रतिलिटर ६० किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ।

Our latest comments