Home / Blogs / टाटा मोटर्सको नयाँ ‘टियागो डुअल टोन’ नेपाली बजारमा
  • Latest Cars
  • 0

टाटा मोटर्सको नयाँ ‘टियागो डुअल टोन’ नेपाली बजारमा

Nepal Auto Trader

Share this News

image

टियागो मोडलमा पाएको सफलतासँगै टाटा मोटर्सले ‘डुअल टोन’ बजारमा ल्याएको छ। पुराना तथा संभावित ग्राहकको मागलाई मध्यनजर गर्दै टियागो डुअल टोन मोडल सार्वजनिक गरिएको सिप्रदीले जनाएको छ। फुल अप्सन मोडलको २६ लाख ९५ हजार रुपैयाँमा पाइने यो गाडी ‘स्पोर्टी’ लुक्समा छ।

एसयूभी जस्तो लाग्ने विभिन्न स्टाईलको कारण टियागोले निकै राम्रो ब्यापार गर्ने कम्पनीले जनाएको छ । लञ्च भएसँगै ब्रेड एन्ड बटर मोडलमा टियागोको बिक्री–वितरण निकै राम्रो हुने कम्पनीको अनुमान छ । टियागोले मारुती सेलेरिओ एक्स, हुन्डाई आई २० इलाइट र फोर्ड फिगो फ्रिस्टाईलसँग प्रतिस्पर्धा गर्ने छ । कम्पनीले यो क्रसओभरलाई अफरोडर ब्रान्ड बनाउन नयाँ स्टाइलको साथै १८० एमएम ग्राउन्ड क्लियरेन्स प्रदान गरेको छ ।

१.२ लिटरको रिभोटोर्न ईन्जिनले ८५ पिएस पावर दिन्छ। प्रतिलिटर २३ दशमलव ८४ किमि माइलेज दिने कम्पनीको दाबी छ। दुईवटा एसआरएस एअर ब्याग्स, अटोमेटिक ब्रेकिङ्ग सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर, मल्टी ड्राईभ मोड गाडीमा उपलव्ध छ। यसमा आठ वटा स्पिकर सहित हर्मनको ईन्फोटेनमेन्ट सिस्टम, २४ वटा युटिसलटी स्पेस र २४२ लि. को बुट स्पेस उपलब्ध छ।

ग्राहकहरुले खोजेको मूल्यमा राम्रो मोबिलिटी दिने कम्पनीको चाहना रहेको जनाउँदै सिप्रदीले नयाँ मोडलमा विशेष सुविधा दिन खोजेको जनाएको छ। टियागो डुअल टोन स्टाईलिस र फ्रेस हुनुका साथै सुहाउँदो मूल्यमा उपलब्ध छ। थप आकर्षक विशेषताहरु सहित आएको टियागो डुअल टोनलाई नेपाली बजारमा रुचाइने कम्पनीको दावी छ।

यस गाडीमा पेट्रोल तथा डिजेल दुवै इन्जिन दिइएको छ । यस गाडीमा १.२ लिटर तीन सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसमा लगाइएको पेट्रोल इञ्जिनले ८५ पीएस पावरकासाथै ११४ एनएम टर्क उत्पादन गर्छ । साथै टियागो इनर्जीमा १.०५ लिटर डिजेल इञ्जिन दिइनेछ, जसले ७० पीएस पावरकासाथै १४० एनएम टर्क उत्पादन गर्छ । 


Our latest comments