टाटा मोटर्सले इलेक्ट्रिक कार नेक्सन ईभी म्याक्स नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको लङ रेन्ज मोडल म्याक्स नेपालमा सार्वजनिक गरेको हो । लङ रेन्ज दिने नयाँ इलेक्ट्रिक कारमा पहिलेभन्दा ठूलो ब्याट्री, धेरै पावर र रेन्ज भएको कारण यसको नाम नेक्सन म्याक्स राखिएको कम्पनिले जनाएको छ । नेक्सन ईभी म्याक्स एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । हाल विक्री भइरहेको मोडलभन्दा नेक्सन म्याक्स धेरै फिचर लोडेड मोडल रहेको छ ।
नेक्सन म्याक्समा ४०.५ किलोवाट आवरको ब्याट्री र १०० किलोवाट क्षमताको मोटर दिइएको छ । सो मोटरले १४३ एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यसमा रहेको व्याट्रीले सिंगल चार्जमा ४५३ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । दुई भेरियन्टमा उपलब्ध रहेको नेक्सन म्याक्समा दुईथरी चार्जिङ अप्सन पाउन सकिन्छ । यसको स्ट्याण्डर्ड भेरिएन्टमा ३.३ र लक्जरी भेरिएन्टमा ७.२ किलोवाट क्षमताको चार्जर रहेको छ । यसमा रहेको ३.३ किलोवाटको चार्जरले फुल चार्ज गर्नका लागि १५ देखि १६ घण्टा लाग्छ भने ७.२ किलोवाटको चार्जरले ६ घण्टामै फुल हुनेछ ।
टाटा नेक्सन ईभी म्याक्सको लम्बाई ३९९३ एमएम, चौडाई १८११ एमएम, उचाई १६१६ एमएम, २४९८ एमएम ह्वीलवेस र १९० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३५० लिटर क्षमताको बुट स्पेश रहेको छ भने यसको वजन भने १४०० केजी रहेको छ । यसले १३.३ सेकेन्डमा १६० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ । १६ इन्चको अलोय ह्वील रहेको नेक्सन ईभी म्याक्सले २.५ टनसम्मको तौल बोक्न सक्ने क्षमता राख्दछ । यसमा मल्टी रिजेनेरेटीभ ब्रेकिङ मोड र सबै चारवटा डिस्क ब्रेक पाउन सकिन्छ ।
नेक्सन म्याक्समा पहिलेको मोडलको भन्दा केही अन्य नयाँ बिशेषताहरु थप गरिएको छ । यसमा पार्कमोड सहितको इलुमीटेड गियर नव, आई–भीबीएसी सहितको ईएसपी, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, एयर प्यूरीफायर, चारवटै चक्कामा डिस्क ब्रेक, मल्टी मोड रिजन, मल्टी ड्राइभ मोड, वायरलेस स्मार्टफोन चार्जर, ज्वेल्ड कन्ट्रोल नब र क्रुज कन्ट्रोल लगायतका विशेषता पाउन सकिन्छ । त्यसैगरी एक्सजेड प्लस भेरीयन्टमा इलेक्ट्रिक सनरुफ, भेन्टिलेसन सहितको लेदर फ्रन्ट सिट, अल न्यु मकारना ब्याज इन्टेरियर, अटो डिमिङ आईआरभीएम र एयर प्युरिफायर जस्ता थप विशेषता पाउन सकिन्छ ।
टाटा नेक्सन ईभी म्याक्समा नयाँ डिउल टोन कलर दिइएको छ । नेक्सन म्याक्सको सुरुवाती भेरियन्टको नेपाली बजार मूल्य ४६ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । नेक्सन इभी म्याक्समा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको व्याट्री र मोटरमा वारेन्टी रहेको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।