Home / Blogs / आउने भयो टाटा नानो इलेक्ट्रीक भर्सनमा
  • Upcoming Cars
  • 0

आउने भयो टाटा नानो इलेक्ट्रीक भर्सनमा

Nepal Auto Trader

Share this News

image

केही समय उक्त  टाटा मोर्टसले संसारकै सस्तो कारको रुपमा टाटा नानो उत्पादन गर्यो। टाटाको त्यही नानो कार अब इलेक्ट्रीक भर्सनमा आउने भएको छ । टाटा मोटर्सले  ओला क्याबसँग मिलेर नानो इलेक्ट्रीक कार उत्पादन गर्ने योजना बनाएको हो । टाटा मोटर्सले ब्रिटेन स्थित टाटा मोटर्स युरोपियन टेक्निकल सेन्टरसँग मिलेर इलेक्ट्रीक कार टेक्नोलोजीका लागि कार्य गरिरहेको छ ।

विद्युतीय सवारीले प्रदूषण ज्यादै कमगर्ने र वातावरण स्वच्छ हुने भएकाले सवारी उत्पादकहरूको ध्यान विद्युतीय सवारीतर्फ खिचिएको छ । इलेक्ट्रीक नानो कार एक पटक फूलचार्ज गरेपछि १५० किलोमिटरभन्दा धेरै गुड्ने दावी मिडिया रिपोर्टमा गरिएको छ । तर, कम्पनीले यसको आधिकारिक पुष्टी भने गरेको छैन ।

टाटा मोटर्सले इञ्जिन र ट्रान्समिसन बाहेकको पूर्णरुपमा नानो बडी जयेम अटोलाई उपलब्ध गराउने छ । जयेम अटोले नै इलेक्ट्रीक कारको निर्माण र बजारीकरण गर्नेछ ।जयेम अटोलाई इलेक्ट्रीक ड्राइभ सिष्टमचाहिँ इलेक्ट्रा ईभीले उपलब्ध गराउनेछ । जयेम अटो र टाटा मोटर्सले विभिन्न परियोजनाहरूमा सहकार्य गरिरहेका छन् । निओमा ४८ भोल्टको इलेक्ट्रीक सिष्टम हुनेछ, जसले १७ किलोवाटको पावर प्रदान गर्नेछ ।

पहिलो चरणमा ओलाका लागि ४ सय निओ उपलब्ध गराइने बताइएको छ । यो कारलाई ओलाले ट्याक्सीको रुपमाप्रयोग गर्ने अनुमान गरिएको छ । टाटा मोटर्सले पहिलोपटक सन् २०१० को जेनेभामोटर शोमा नानो इलेक्ट्रीक कन्सेप्ट कारको प्रदर्शन गरेको थियो । अबको केही समयमा यो कारको उत्पादन सुरुहुने अनुमान गरिएको छ । यसको मूल्यलगातका बिषमा केही खुलाइएको छैन ।

Our latest comments