Home / Blogs / स्प्लिट सिट सहित बजाज पल्सर १२५ सार्वजनिक
  • Latest Bikes
  • 0

स्प्लिट सिट सहित बजाज पल्सर १२५ सार्वजनिक

Nepal Auto Trader

Share this News

image

बजाज अटोले पल्सर १२५ नयाँ स्प्लिट सिट भेरिएन्ट सार्वजनिक गरेको छ ।  बजाज पल्सर १२५ मा नयाँ स्प्लिट सिट, स्प्लिट ग्र्याब रेल र स्पोर्टी बेली प्यान समावेश गरिएको छ । सो बाइक ३ रङ ब्ल्याक रेड, ब्ल्याक सिल्भर र मेट ब्ल्याकको साथमा नियोन ग्रीनमा उपलब्ध रहेको छ ।

नयाँ पल्सर १२५ स्प्लिट सिट बाइक ट्वीन पायलट ल्याम्पको साथमा वुल्फ आई हेडल्याम्प क्लस्टर र इन्फिनिटी ट्वीन स्ट्रिप एलईडी टेलल्याम्पको साथमा उपलब्ध रहेको छ । यसको फ्युल ट्यांक र रियर काउलमा ३डी लोगो समावेश गरेको छ । बाइकमा क्लिप अन ह्यान्डलबार रहेको छ । अलोय ह्वीलमा बाइकको रङका आधारमा नियोन हाइलाइट समावेश गरेको छ ।

नयाँ पल्सर १२५ स्प्लिट सीटमा स्ट्यान्डर्ड पल्सर १२५ इन्जिन समावेश गरिएको छ । बीएस६ कम्प्लायन्ट १२५ सीसीको सो इन्जिनले ८५०० आरपीएमा ११.६ बीएचपीको पावर र ६५०० आरपीएममा १०.८ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड गियरबक्स समावेश गरेको छ । सिंगल सिट भएको पल्सर १२५ को मूल्य डिस्क ब्रेक भेरिएन्टको भन्दा ३ हजार ५९७ र ड्रम ब्रेक भेरिएन्टको भन्दा ८ हजार ०९६ भारु महँगो रहेको छ ।

नयाँ पल्सर १२५को फ्रन्टमा २४० एमएम डिस्क र रियरमा १३० एमएम ड्रम ब्रेक समावेश गरेको छ । बाइकको ह्वील १७ इन्चको रहेको छ । सो बाइकको फ्रन्टमा ३१ एमएम टेलेस्कोपिक फोक्र्स र रियरमा ट्वीन ग्याँस चाज्र्ड शक एब्जर्बर्स सस्पेन्सन रहेको छ । बजाजको सो नयाँ बाइकको प्रतिस्पर्धा होन्डा एसपी १२५ र हिरो ग्ल्यामर जस्ता बाइकसँग हुनेछ ।

Our latest comments