टाटा मोटर्सका प्यासिन्जर भेइकल अनलाइनबाटै बुकिङ गर्न सकिने भएको छ। टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले कोरोना महामारीको यो समयमा नेपालमा आफ्नो सम्पर्क रहित बुकिङ्ग वेब पोर्टलको शुरुवात गरेको हो ।
tatacars.sipradi.com.np मा गएर हेर्न सकिने यो वेब पोर्टललाई लकडाउनको कारण टाटा मोटर्सका पेसेन्जर भेहिकलका अन्तर्राष्ट्रिय बिजनेस हेड सुजन रोय र सिप्रदीका सीईओ राजन बाबु श्रेष्ठले संयुक्त रुपमा डिजिटल माध्यमबाट शुरुवात गरे। साथै, यस वेब पोर्टल प्रयोगकर्ताहरुलाई प्रोत्साहन गर्नका लागि यस पोर्टलबाट गाडी बुकिङ्ग गरेमा एक वर्ष नि:शुल्क सर्भिसिङ र कन्सुमेवल प्रदान गरिनेछ भने फ्रन्ट- लाइनमा काम गर्नुहुने सम्पूर्ण स्वस्थकर्मीहरुलाई अहिले चलिआएको योजना भन्दा थप रु.५०,००० छुटको व्यवस्था गरिएको छ ।
यस पोर्टलमार्फत सिप्रदीका कर्मचारीहरुसँग लाइभ च्याट गरेर पनि टाटा मोटर्सको सवारीहरुको बारेमा विस्तृतमा जानकारी लिन सकिने छ। गाडी बुकिङको लागि फोनपे वा इसेवा प्रयोग गर्न सकिने कम्पनीले बताएको छ। यो पोर्टलमा अनलाइन बुकिङ्ग, क्याटलगहरू सहितको सवारीका विवरणहरु, सवारीको डेमो भिडियोहरु, टेस्ट ड्राइभ बुकिङ, पुरानो सवारीको तत्काल मुल्यांकन, ऋण मुल्यांकन, सर्भिस बुकिङ्ग, रेफरल योजना र ग्राहकहरुको सुझावहरु रहेका छन्।
यो पोर्टलको मुख्य विशेषताहरु अनलाइन बुकिङ्ग, क्याटलगहरू सहितको सवारीका विवरणहरु, सवारीको डेमो भिडियोहरु, टेस्ट ड्राइभ बुकिङ्ग, पुरानो सवारीको तत्काल मुल्यांकन, ऋण मुल्यांकन, सर्भिस बुकिङ्ग, रेफरल योजना र ग्राहकहरुको सुझावहरु रहेका छन्। साथै, यस वेब पोर्टल प्रयोगकर्ताहरुलाई प्रोत्साहन गर्नका लागि यस पोर्टलबाट गाडी बुकिङ्ग गरेमा एक वर्ष निःशूल्क सर्भिसिंग र कन्सुमेवल प्रदान गरिनेछ। फ्रन्ट लाइनमा काम गरिरहेका सम्पूर्ण स्वस्थकर्मीहरुलाई अहिले चलिआएको योजना भन्दा ५० हजार छुट दिने कम्पनीकाे भनाइ छ।
PREVIOUS NEWS