Home / Blogs / लकडाउन सहज हुनासाथ नेपालमा टाटा अल्ट्रोज सार्वजनिक हुने

लकडाउन सहज हुनासाथ नेपालमा टाटा अल्ट्रोज सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

लकडाउन केही सहज हुनासाथ नेपाली बजारमा बिक्रीका लागि टाटा अल्ट्रोज उपलब्ध हुने भएको छ । भारतीय बजारमा सार्वजनिक भइसकेको टाटा अल्ट्रोज नेपालमा आउने धेरैले प्रतीक्षा गरिरहेका छन् । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा टाटाका गाडी अनलाइन पोर्टलबाटै बिक्री प्रारम्भ गरेको अवसरमा आयोजित कार्यक्रममा टाटा मोटर्सको प्यासेन्जर कारतर्फका इन्टरनेसल बिजनेस हेड सुजन रोयले सो जानकारी दिएका हुन् ।

रोयले लकडाउनका कारण मात्र अल्ट्रोजको नेपालमा सार्वजनिक रोकिएको जानकारी दिदै पुनेस्थित म्यानुफ्याक्चरिङ प्लान्ट पुर्ण रुपमा संचालनमा आए पश्चात मात्र नेक्सन ईभीको नेपाल लन्चिङ वारेमा योजना पनि बन्ने बताए । टाटा अल्ट्रोज गत माघ महिनामा भारतमा सार्वजनिक भएको थियो । सो कार बीएस६ कम्प्लायट पेट्रोल र डिजेल इन्जिनको साथमा उपलब्ध हुनेछ । यसमा पेट्रोल इन्जिन १।२ लिटरको छ । जसमा ११९९ सीसीको इन्जिन जडान छ, जसले ८५ बीएचपीको पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ ।

डिजेल भर्सनमा १।५ लिटरको टर्बो इन्जिन जडान गरिएको छ । यसमा १४९७ सीसीको इन्जिन जडान गरिएको छ । जसले ८९ बीएचपीको पावर र २०० एनएमको पिक टर्क जेनेरेट गर्छ । टाटा अल्ट्रोज आफ्नो सेगमेन्टमा पहिलो कार हो, जसको ढोका ९० डिग्री भन्दा पनि धेरै खुल्छ । त्यसैगरी टाटाको एजल लाइट फ्लेक्जिबल एड्भान्स ९अल्फा० डिजाइनमा काम गर्ने पहिलो कार पनि हो ।

कारमा एन्ड्रोइड अटो र एप्पल कारप्लेका साथै ७ इन्चको फ्रि–स्ट्यान्डिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ । बाहिरी भागमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएल, फ्रन्ट र रियर फगल्याम्प र रियर डिफगर जस्ता फिचर उपलब्ध छन् । सो कारको प्रतिस्पर्धा मारुती सुजुकी बलेनो र हुन्डाई एलिट आई २० सँग हुनेछ ।


Our latest comments