नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयकर, मूल्य अभिबृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद आउँदो असोज मसान्तसम्म थप गर्न आग्रह गरेको छ। व्यवसायीहरुले कर विवरण र कर रकम विभागले तोकेको समयमा बुझाउन कठीन हुने नाडाका महासचिव सुनिल रिजालले बताए।
नेपाल सरकारले चैत्र ११ गतेदेखि गरेको लकडाउनको कारण आर्थिक कारोबार मात्र ठप्प नभई उत्पादन र वितरण लगायत सम्पूर्ण आपूर्ति प्रणाली नै प्राय बन्द रहेको अवस्थामा आन्तरिक राजश्व विभागले जेष्ठ २५ गतेसम्म सवै उद्यमी एवं व्यवसायीहरुलाई कर विवरण तथा कर बुझाउन अनुरोधले विशेष ध्यानाकर्षण भएको नाडाले जनाएको छ।
रिजालले आयकर, मूल्य अभिबृद्धिकर, अन्तःशुल्कको विवरण र कर रकम बुझाउने म्याद यही २०७७ साल अशोज मसान्तसम्म थप गरी सवै अटोमोवाइल व्यवसायीहरुको मनोबल उच्च राख्न उपयुक्त व्यावसायिक वातावरण निर्माणका लागि आग्रह गरे।