Home / Blogs / बसपछि सुन्दर यातायातले काठमाडौंमा विद्युतीय ट्याक्सी चलाउने
  • Auto News and Updates
  • 0

बसपछि सुन्दर यातायातले काठमाडौंमा विद्युतीय ट्याक्सी चलाउने

Nepal Auto Trader

Share this News

image

काठमाडौंमा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातले ट्याक्सी सेवा पनि सुरु गर्ने भएको छ। सुन्दर यातायात प्रालीले काठमाडौंमा विद्युतीय ट्याक्सी सेवा सञ्चालन गर्ने भएको छ।

तिहारपछि १५ ओटा विद्युतीय ट्याक्सी चलाउने तयारी थालिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

‘दैसैपछि ट्याक्सी आइपुग्छ होला। प्राविधिक परिक्षण सकेर तिहारपछि ट्याक्सी संचालन गर्ने तयारी छ,’ उनले भने।

सुन्दरका ट्याक्सीमा भाडा अरु ट्याक्सी भन्दा ३० प्रतिशत सस्तो हुने उनले जानकारी दिए।

‘हाम्रो ट्याक्सीमा खर्च निकै कम छ। फुल चार्ज गर्न ४ सय ५० रुपैयाँको बिजुली लाग्छ र यसबाट २ सय ५० किलोमिटर यात्रा गर्न सकिन्छ। त्यही भएर हामीले यात्रुसगँ कम पैसा लिन खोजेका हौ,’ उनले सेतोपाटीसगँ भने।

यी ट्याक्सी होम चार्जिङमा चार्ज गर्न ३ घण्टा लाग्ने र फास्ट चार्जिङमा डेढ घण्टामा फुलचार्ज हुने थापाले जानकारी दिए।

सुन्दर यातायातले हाल २ विद्युतीय बसबाट काठमाडौंमा सेवा दिइरहेको छ। हामीलाई सेतोपाटी संवाददाता मार्फत जानकारी प्राप्त भएको छ 


Our latest comments