Home / Blogs / रोयल इन्फिल्डले सार्वजनिक गर्ने भयो नयाँ बाइक मेटेवर ३५०
  • Upcoming Bikes
  • 0

रोयल इन्फिल्डले सार्वजनिक गर्ने भयो नयाँ बाइक मेटेवर ३५०

Nepal Auto Trader

Share this News

image

रोयल इन्फिल्डको नयाँ बाइक मेटेवर ३५० बजारमा आउने भएको छ । सो बाइकले थन्डरबर्ड बाइकलाई रिप्लेस गर्नेछ । सो बाइकको केही फोटो अनलाइनमा लिक भएको छ । लिक भएको फोटोमा पहिलो पटक मेटेवर ३५० बाइक विना कभरको रहेको छ ।

रोयल इन्फिल्डले केही बाइकको उत्पादन बन्द गरेको छ । कम्पनीसँग सबै देशमा थन्डरबर्ड नामको अधिकार छैन । अन्तर्राष्ट्रिय बजारमा थन्डरवर्डलाई रम्बलरको नामले बिक्री गर्ने गरेको छ । मेटेवर रोयल इन्फिल्डको लागि हेरिटेज नाम हो । कम्पनीले १९५० मा अमेरिकामा यही नामले बाइक बिक्री गर्ने गरेको थियो ।

लिक भएको फोटो अनुसार सो बाइकको रङ पहेलो रहेको छ । सो बाइक हाल उपलब्थ थन्डरबर्ड ३५० एक्स मोडलको ब्राइट कलर जस्तो देखिन्छ । सो बाइकमा नयाँ सर्कुलर इन्स्ट्रयुमेन्ट कन्सोल समावेश गरिएको छ । जसमा सानो डिजिटल डिस्प्ले स्क्रिन जडान गरिएको छ । इन्स्ट्रयुमेन्ट कन्सोलको दाहिने तिर सानो सर्कुलर युनिट राखिएको छ । जसमा यूएसबी चार्जर हुने अनुमान गरिएको छ । यसको साथै बाइकमा स्प्लिट सिट, अलोय ह्विल र ठूलो फ्युल ट्यांकीको साथमा उपलब्ध हुनेछ ।

रोयल इन्फिल्ड मेटेवर ३५० नयाँ डबल क्र्याडल च्यासिसमा आधारित रहेको छ र यसमा नयाँ इन्जिन हुनेछ । सो इन्जिन नयाँ प्रविधिको साथमा उपलब्ध हुने अनुमान गरिएको छ । रोयल इन्फिल्डको सो नयाँ बाइक चाँडै सार्वजनिक गर्ने सम्भावना रहेको छ ।

Our latest comments