विश्वकै चर्चित क्रुजर मोटरसाइकल उत्पादक कम्पनी हार्ले डेभिड्सन पछि अर्को चर्चित क्रुजर मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले पनि इलेक्ट्रीक मोटरसाइकल उत्पादनमा काम गरिरहेको जानकारी दिएको छ ।रोयल इन्फिल्ड इन्डियाका सिइओ विनोद देसारीले इकोनोमिक्स टाइम्ससँग कुरा गर्दै इलेक्ट्रीक मोटरसाइकल ल्याउन कम्पनीले जोड तोडले काम गरिरहेको जानकारी दिएका हुन् ।
कम्पनीले आफ्नो बजार हिस्सालाई बढाउँदै लाने योजना अन्तर्गत भारतमा ७ अर्ब भारु थप लगानी गर्ने घोषणा भएको र त्यसबाट इलेक्ट्रीक मोटरसाइकलको उत्पादनलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको देसारीले जानकारी दिएका हुन् ।
रोयल इन्फिल्डले भारतमा चालु आर्थिक वर्षमा निकै उतार चढाव देखेको भन्दै देसारीले चालु अवमा ९ लाख ५० हजार मोटरसाइकल बिक्री गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म करिब ४ लाख २२ हजार मोटरसाइकल बिक्री भएको जानकारी दिए ।
कम्पनीले बनाउने इलेक्ट्रीक मोटरसाइकल कस्तो हुने भन्ने विषयमा भने उनले कुनै जानकारी दिएनन् ।
PREVIOUS NEWS