नेपालका लागि रोयल इन्फिल्ड बाइकको आधिकारिक विक्रेता विवेक अटोमोबाइल्स प्रालिले नेपाली बजारमा रोयल इन्फिल्ड बाइकको बिक्री तथा बितरण गर्दै आएको छ । रोयल इनफिल्डका विभिन्न मोडलहरु नेपाली युवाहरुबिच निकै लोकप्रिय छन । कम्पनीले देशका विभिन्न भागमा रहेका शाखामार्फत् बिभिन्न मोडलका मोटरसाईकलहरु उपलब्ध गराइरहेको छ । बढी इन्जिन क्षमता भएको रोयल इनफिल्डका मोडलहरु विशेष गरी लामो दुरी र अफ रोडको लागि भनेर तयार पारीएको हो ।
रोयल इनफिल्डले हालै आफ्नो सबै मोडलहरूमा मूल्य वृद्धि गरेको जनाएको छ । विभिन्न दुई पाङ्ग्रे ब्रान्डको मूल्य बढेको समयमा रोयल इनफिल्डले पनि बाइकको मूल्य बढाएको हो । रोयल इनफिल्डका बाइकहरू हेर्दै 'स्टाइलिस' र 'प्रिमियम' छन जुन कारणले गर्दानै सो बाइकहरु महँगो हुने गर्दछ । कम्पनीले हालै आफ्नो सबै बढेको नयाँ मूल्य सार्वजनिक गरेको छ । बाइकको विशेषता मात्र होइन, रोयल इनफिल्डका बाइकहरू हेर्दै स्टाइलिस छ । यसको विभिन्न मोडलको बाइकको मूल्य यस प्रकारको छः
रोयल इनफिल्डका विभिन्न मोडलको नयाँ मूल्यसूची:
मोडल | इन्जिन क्षमता | नयाँ मूल्य |
क्लासिक ३५०सिसी | ३४९.३४ सिसी | रु. ५,४८,००० |
क्लासिक ३५०सिसी | ३४९.३४ सिसी | रु. ६,४५,००० |
मिटिओर ३५०सिसी फ्रायरबल | ३४९ सिसी | रु. ६,६८,००० |
मिटिओर ३५०सिसी स्टेलर | ३४९ सिसी | रु. ६,८५,००० |
मिटिओर ३५०सिसी सुपरनोभा | ३४९ सिसी | रु. ७,१४,००० |
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।