Home / Blogs / भोलीदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन खुल्ने
  • Auto News and Updates
  • 0

भोलीदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन खुल्ने

Nepal Auto Trader

Share this News

image

लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन भोलिदेखि खुल्ने भएको छ । गत चैत ११ देखि बन्द रहेको सवारी लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल नौ महिनापछि खुला गर्ने निर्णय यातायात व्यवस्था विभागले गरेको छ । लामो अवधिपछि आवेदन खुल्ने भएकाले सर्भरमा समस्या आउने सक्ने सम्वन्धमा समेत सचेत भएर काम गरिएको पनि  विभागले जनाएको छ । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् । 


यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार कोरोना भाइरस (कोभिड-१९) विरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रोटोकल पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको हो । यातायात व्यवस्था विभागले  कोरोना भाइरस (कोभिड-१९) को विदालाई मध्यनजर गर्दै सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो । नयाँ ट्रायल र फारम नखुलेपनि रिट्रायल भने केही समयका लागि सुचारु गरिएको थियो ।




अब प्रदेश सरकारहरुले आफ्ना यातायात कार्यालयमार्फत नयाँ लाइसेन्स वितरण गर्न पनि पाउनेछन् । हाल नयाँ लाइसेन्स लिने वा वर्ग थप गर्न चाहनेहरुको संख्या उल्लेखेनिय रहेको छ । सबै प्रदेशबाट लाइसेन्सको परीक्षा खुलाउने निर्णय गरेको जानकारी आएपछि विभागले लाइसेन्सको आवेदनका लागि प्रणाली खुला गर्न लागेको हो । सवारी चालक अनुमति पत्रको लागि सबै प्रकृया पुर्याएका करिव ६ लाख चालकले भने अझै लाइसेन्स पाउन सकेका भने  छैनन् । थप विवरणको लागि यो लिन्कमा क्लिक गर्नुहोस् । 




Our latest comments