निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले 'बाइ नाउ पे लेटर' योजना बजारमा ल्याएको छ। यो योजनामा अनलाइन बुकिङ्ग, क्याटलगहरू सहितको सवारीका विवरणहरु, सवारीको डेमो भिडियोहरु, टेस्ट ड्राइभ बुकिङ, पुरानो सवारीको तत्काल मुल्यांकन, ऋण मुल्यांकन, सर्भिस बुकिङ्ग, रेफरल योजना र ग्राहकहरुको सुझावहरु रहेका छन्।
यस योजनाअन्तर्गत निसान गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआइ र ब्याज कम्पनिले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ। साथै निसानका सबै गाडीहरु ३० प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने बताइएको छ।
निशान नेपालले आजसम्मकै सबैभन्दा उत्कृष्ट अफर नेपाली अटो बजारमा ल्याएको दावी गरेको छ। यस योजना स्टक रहने अवधिसम्म लागू हुनेछ र सर्तहरु लागु हुने कम्पनीको भनाइ छ। सबै जानकारीको लागि यो लिंकमा (https://nissan-nepal.com/) गएर हेर्न सकिन्छ ।
PREVIOUS NEWS
NEXT NEWS