Home / Blogs / फिएटको इलेक्ट्रिक कार ५०० ई इटालीमा अनलाइनबाट सार्वजनिक
  • Latest Cars
  • 0

फिएटको इलेक्ट्रिक कार ५०० ई इटालीमा अनलाइनबाट सार्वजनिक

Nepal Auto Trader

Share this News

image

फिएटको थर्ड जेनेरेसन इलेक्ट्रिक कार फिएट ५०० ई जेनेभा मोटर शोमा सार्वजनिक तयारी थियो । तर कोरोना भाइरसको कारणले उक्त शो रद्द गर्नु परेको छ । त्यसैले इटालियन कार निर्माता कम्पनी फिएटले कार सार्वजनिक गर्नको लागि अनलाइन स्ट्रिमिङ च्यानल र सोसल मिडियाको प्रयोग गरेको छ । फिएटले पनि अल इलेक्ट्रिक फिएट ५०० ई अनलाइनमा पेश गरेको छ ।

फिएट ५०० ईको डिजाइन ओरिजिनल फिएट ५०० जस्तो देखिन्छ । यसको सबैभन्दा ठूलो परिवर्तन ग्रिलमा गरिएको छ । रिपोर्टका अनुसार फिएट ५००ई मा नयाँ एलईडी हेडलाइटको साथमा डीआरएलएस, एलईडी टेललाइटमा ई सेप्ड मोटिभ्स र दुबै तर्फ नयाँ ५०० बेजिङ समावेश गरेको छ । यसको लम्बाई ३६३० एमएम, चौडाई १६९० एमएम र उचाई १४८० एमएम रहेको छ । कम्पनीले यसमा १७ इन्चको अलोय ह्विल समावेश गरेको छ ।

नयाँ फिएट ५०० ई मा ४२ किलोवाटको लिथियम आयोन ब्याट्री प्याक दिएको छ जसले इलेक्ट्रिक मोटरमा ११६ बीएचपकिो पावर जेनेरेट गर्छ । सो कारले ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड लिनको लागि ९ सेकेन्डको समय लाग्छ । यसको टप स्पिड १५० किलोमिटर प्रति घन्टाको रहेको छ । शुरुवातमा फिएटले सो कार ५०० युनिट मात्र उत्पादन गर्ने बताएको छ । त्यसैले यो प्रारम्भमा युरोपेली बजारमै बिक्री हुनेछ ।

सो कारमा ८५ किलोवाट मदतले यसको ब्याट्री प्याकलाई ८० प्रतिशत चार्ज गर्नको लागि ३५ मिनेटको समय लाग्छ । तर स्ट्यान्डर्ड चार्जरबाट फुल चार्ज हुनको लागि १४ घन्टाको समय लाग्छ । सो कार ५ मिनेट चार्ज गर्दा ५० किलोमिटरको दुरी तय गर्ने क्षमता रहेको छ । सो कार एक पटकको फुल चार्जमा ३२० किलोमिटरको दुरी तय गर्छ ।

फिएट ५०० ई मा फिएटको लेटेस्ट र एडभान्स युकनेक्ट १०.२५ इन्च इन्फोटेनमेन्ट सिस्टमको साथै ७.० इन्च इन्स्ट्रयुमेन्ट प्यानल समावेश गरेको छ । यसमा ड्राईभ असिस्ट इलेकट्रोनिक्सको साथमा लेवल २ अटोनोमस जसमा अटोनोमस ब्रेकिङ पनि समावेश रहेको छ । यसको साथै यसमा ब्लाइन्ड स्पट मोनिटरिङ, लेन किप असिस्ट र अड्याप्टिभ क्रुज कन्ट्रोल समावेश गरेको छ ।


Our latest comments