Home / Blogs / नयाँ ग्रफिकसहित पल्सर एनएस सिरिज नेपाली बजारमा सार्वजनिक
  • Latest Bikes
  • 0

नयाँ ग्रफिकसहित पल्सर एनएस सिरिज नेपाली बजारमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

बजाज कम्पनीले नयाँ ग्रफिक्स सहितको नयाँ मोटरसाइकल नेपाल भित्र्याएको छ । एनएस सिरिजमा विक्री हुने दुबै मोडल नयाँ कलरमा नेपाल आएको कम्पनीले जनाएको छ । नेपालका लागि बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले एनएसको नयाँ कलर भेरियन्ट नेपाल भित्र्याएको हो । कम्पनीले एनएस १६० र एनएस २०० नयाँ कलरमा विक्री सुरु पनि गरिसकेको जनाएको छ । यो मोटरसाइकलको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन ।


कम्पनीका अनुसार बजाज पल्सर एनएस सिरिजमा कलर बाहेक अन्य कुनै परिर्वतन भने गरिएको छैन ।एनएस २०० ब्रन्ट रेड, मेटालीक पर्ल ह्वाइट, पिटर ग्रे र सटिन ब्लु गरि ४ कलरमा उपलब्ध रहेको छ भने त्यस्तै एनएस १६० ब्रन्ड रेड र पर्ल ह्वाइटगरि दुई कलरमा मात्र उपलब्ध छ । सो मोटरबाइकमा थ्रीडी लोगो प्रयोग गरिएको छ भने कलर अनुसारको ह्वीलको रिममा समेत कलर प्रयोग गरिएको छ । त्यस्तै इन्जिन कौलमा समेत ग्राफिकको प्रयोग गरिएको छ ।


केही महिना अघी कम्पनीले नयाँ वर्षसँगै आफ्ना सबै मोडलहरुको मूल्य वृद्धि गरेको जनाएको थियो । बजाज पल्सर एनएस २०० एबीएस र एफआई इन्जिन सहितको मूल्य ३ लाख ७८ हजार ९०० रहेको छ भने कार्बुरेटर इन्जिन र एबीएस भएको एनएस २०० को ३ लाख ५२ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै एनएस १६० को मूल्य ३ लाख ६ हजार ९०० रुपैयाँ रहेको छ । नेपाली बजारमा बजाजका मोटरसाइकल निकै लोकप्रिय छन  ।



Our latest comments