नेपाली बजारमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै एमभी अगष्टाको आधिकारीक वितरक भेलोसिटी प्रालिले एमभी अगष्टाको ४ नयाँ मोडलहरु नेपालमा सार्वजनिक गरेको छ । एमभी अगस्टाले ब्रुटाले ८००आरआर, ड्रयागस्टर ८००आरआर पिरेली (लिमिटेड एडिसन), टुरिज्मो भिलभ ८०० र ड्रयागस्टर ८००आरआर अमेरिका (लिमिटेड एडिसन) कम्पनिले नेपाली बजारमा भित्र्याएको हो । एमभी अगष्टा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनीको रुपमा स्थापित रहेको छ ।
एमभी अगस्टाका यी ८०० सीसी इन्जिन क्षमताका मोटरसाइकले १४० हर्सपावर तथा ८७ एनएम टर्क जेनेरेट गर्छ । त्यसै टुरिज्मो भेल्भोका रहेको ८०० सीसी इन्जिनले ११० हर्सपावर र ८० एनएम टर्क जेनेरेट गर्छ । सो मोटरबाइकहरु निलो र डार्क ग्रे रंगमा उपलब्ध छन । एमभी अगस्टा मोटरबाइकमा सर्वोत्कृष्ट पर्फमेन्स, प्रतिष्ठित डिजाइन, एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनियरिङ्ग टेक्नोलोजी प्रयोग गरिएको छ ।कम्पनीको शोरुम हाल कान्तिपथमा रहेको छ जसले जहाँ ग्राहकले यी बाइक खरिद गर्नका साथै सर्भिस, स्पेयर पार्ट्स र एसेसरिज प्राप्त गर्न सक्ने छन् ।
एमभी अगस्टाका मोटरसाइकलको मूल्यसूची:
| मोडल | मूल्यसूची |
| ब्रुटाले ८०० आरआर | ४८ लाख ९० हजार |
| ड्रयागेष्टर ८०० आरआर पिरेली एडिशन | ५९ लाख ९० हजार |
| ड्रयागेष्टर ८०० आरआर अमेरीका एडिशन | ५७ लाख ९० हजार |
| टुरिज्मो भेल्भो ८०० | ५७ लाख ९० हजार |
PREVIOUS NEWS
NEXT NEWS