नेपाली बजारमा मोटरहेडले टेकन आर २५० र एमएच १५० को अपग्रेड भर्सन सार्वजनिक गरेको छ । नेपालकालागि मोटरहेड मोटरबाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले यी दुई मोडललाई विशेष आकर्षण थप गरेर सार्वजनिक गरेको जनाएको छ । सो कम्पनीले स्क्याम्बलर तथा क्रसओभर बाइकहरुको समेत बिक्री तथा बितरण गर्दै आएको छ । सो बाइक नेपालको सबै भूभागको लागि उपयुक्त हनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, राम्रो पिक अप, पावर रहेको कम्पनीको भनाइ छ ।
टेकन आर-२५० मा २२३ सीसीको इनर व्यालेन्सर इन्जिन रहेको छ जुन इन्जिनले ८ हजार आरपीएममा १६.९९ बीएचपी पावर तथा ६ हजार ५ सय आरपीएममा १७ एमएम टर्क उत्पादन गर्दछ । सो बाइकमा ६ स्पिडको गियरवक्स दिइएको छ । टेकन आरको लम्बाई २१४५ एमएम, चौडाई ८५० एमएम, उचाई ११७५ एमएम, १३९० एमएम ह्वीलवेस र २६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । सो काइकमा १४ लिटरको इन्धन ट्याङ्की दिइएको छ भने यसको तौल १३२ केजी रहेको छ ।
त्यसै गरी एमएच १५० मा १४९ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन कार्वुरेटर इन्जिन दिइएको छ जुन यो इन्जिनले अधिकतम ८००० आरपीएममा १३ बीएच पावर तथा ६५०० आरपीएममा १४ एनएम टर्क जेनेरेट गर्छ । सो बाइकमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ जसको टप स्पीड १०० किलोमिटर प्रतिघन्टा रहने छ । यसको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्च स्पोक ह्वील रहेको छ भने यसको फ्रन्टमा डिस्क तथा रियरमा ड्रम ब्रेक उपलब्ध छ ।
मोटरहेड टेक्कन आर २५० मा शानदार ग्राफिक्स, स्टाइलीस हेडलाईट, स्लीक सेप इन्डिकेटर, इनबिल्ट लेगगार्ड र इन्जिन, सिंगल च्यानल एबीएस, एलोइ हविल, एलईडी टेल लाइट र अल डिजिटल इन्स्टयुमेन्ट प्यानल लगाएतका फिचर्सहरु उपलब्ध छन् । यसैगरी एमएच १५० मा यूएसबी चार्जर, एलइडी लाइट्स, ७ लिटरको फ्यूल ट्याङ्क जस्ता फिचर पाउन सकिन्छ । दुबै बाइकमा फराकिलो र ठूलो टायर दिइएको छ जुन अफरोड तथा अनरोड दुबैमा उपयुक्त हुनेछ । यस्तै दुबै बाइकमा सुपेरियर मोनोक्रस सस्पेन्सन जस्ता टप क्लास फिचरहरु उपलब्ध रहेका छन ।
मोटरहेड टेक्कन आर २५० को नेपाली बजार मूल्य ४ लाख ५ हजार रुपैयाँ कायम गरिएको छ भने मोटरहेड एमएचको मूल्य ३ लाख ५ हजार रुपैयाँ निर्धारण गरिएको छ । दुई फरक आकर्षक रंगमा उपलब्ध यि दुई बाइकको मूल्य सिमित अवधिको लागि मात्र रहेको कम्पनीले जनाएको छ । मोटरहेडका मोटरसाइकल खरिद गर्ने ग्राहकलाई १२ हजार र फाइनान्समा किन्नेलाई ८ हजार रुपैयाँ छुट उपलब्ध गराइएको कम्पनीले जनाएको छ । देशका बिभिन्न १४ स्थानमा रहेका डिलर आउटलेट बाट सो कमप्नीले आफ्नो मोटरबाइकको बिक्री तथा बितरण गर्दै आएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।