Home / Blogs / मोटरहेड टेक्कन आर २५० को नेपाली बजारमा माग बढ्दो ; यस्तो छ मुल्य
  • Latest Bikes
  • 0

मोटरहेड टेक्कन आर २५० को नेपाली बजारमा माग बढ्दो ; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपालका लागि मोटरहेड बाइकहरुको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेडले नयाँ टेकन आर-२५० बाइक नेपाली बजारमा सार्वजनिक गरेको धेरै समय भएको छैन । यो मोटरसाइकल हाल सम्म ४५ युनिट बिक्री भइसकेको कम्पनीले जनाएको छ । नेपाली बजारमा डर्ट सेग्मेन्टको बाइकको बिक्री गर्दै आएको कम्पनीले स्क्याम्बलर तथा क्रसओभर बाइकहरुको समेत बिक्री तथा बितरण गर्दै आएको छ । सो बाइक नेपालको सबै भूभागको लागि उपयुक्त हनुको साथै यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, राम्रो पिक अप, पावर रहेको कम्पनीको भनाइ छ ।


टेकन आर-२५० मा २२३ सीसीको इनर व्यालेन्सर इन्जिन रहेको छ जुन इन्जिनले ८ हजार आरपीएममा १६.७६ बीएचपी पावर तथा ६ हजार ५ सय आरपीएममा १७ एमएम टर्क उत्पादन गर्दछ । सो बाइकमा ६ स्पिडको गियरवक्स दिइएको छ ।  आर-२५० को अधिक्तम गति १२० किलोमिटर प्रतिघण्टा रहेने कम्पनीले जनाएको छ । टेकन आरको लम्बाई २१४५ एमएम, चौडाई ८५० एमएम, उचाई ११७५ एमएम, १३९० एमएम ह्वीलवेस र २६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।  सो काइकमा १४ लिटरको इन्धन ट्याङ्की दिइएको छ भने यसको तौल १३२ केजी रहेको छ ।

 

मोटरहेड टेक्कन आर २५० मा डबल डिस्कब्रेक, कडा च्यासीस, शानदार ग्राफिक्स, स्टाइलीस हेडलाईट, स्लीक सेप इन्डिकेटर, इनबिल्ट लेगगार्ड र इन्जिन, सिंगल च्यानल एबीएस, एलोइ हविल, एलईडी टेल लाइट र अल डिजिटल इन्स्टयुमेन्ट प्यानल लगाएतका फिचर्सहरु उपलब्ध छन् । साथै यसमा  फराकिलो र ठूलो टायर पनि दिइएको छ । यसमा सबै लाइट एलइडी प्रयोग गरिएको छ । यस्तै यसमा राइड–बाई–वायर, मल्टिमोड ट्रयाक्सन कन्ट्रोल, सुपेरियर मोनोक्रस सस्पेन्सन जस्ता टप क्लास फिचरहरु उपलब्ध रहेका छन ।


टेकन आर-२५० बाइकको शुरुवाती नेपाली बजार मूल्य ४ लाख ५ हजार निर्धारण गरिएको छ । दुई फरक आकर्षक रंगमा उपलब्ध याे बाइकको मूल्य सिमित अवधिको लागि मात्र रहेको कम्पनीले जनाएको छ । देशका बिभिन्न १४ स्थानमा रहेका डिलर आउटलेट बाट सो कमप्नीले आफ्नो मोटरबाइकको बिक्री तथा बितरण गर्दै आएको छ । कम्पनीले आगामी दिनमा बिक्री र बिक्री पछिको सेवालाई थप विस्तार गर्दै जाने योजना पनि बनाएको जनाएको छ । मोटरहेड विश्वमै परिचित चिनियाँ ब्रान्डको एक सफल अफरोड बाइक हो ।

     

नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।






Our latest comments