Home / Blogs / मोटरहेडको नयाँ मोटरसाइकल टेक्कन आर २५० नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Bikes
  • 0

मोटरहेडको नयाँ मोटरसाइकल टेक्कन आर २५० नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपालका लागि मोटरहेड बाइकहरुको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेडले नेपाली बजारमा नयाँ टेकन आर-२५० डर्ट बाइक सार्वजनिक गरेको छ । एसएलआरले विगत पाँच वर्ष देखि नेपाली बजारमा डर्ट सेग्मेन्टको बाइकको बिक्री तथा बितरण गर्दै आएको छ । केही दिन अघी राजधानिमा एक कार्यक्रमका बिच टेकन आर-२५० सार्वजनिक गरिएको थियो । यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्सका कारण युवा राइडरमाझ लोकप्रिय बन्दै गएको कम्पनीका महाप्रबन्धक उज्वल जोशीले बताए ।


टेकन आर-२५० मा २२३ सीसीको इनर व्यालेन्सर इन्जिन दिइएको छ जुन इन्जिनले ८ हजार आरपीएममा १६.७६ बीएचपी पावर तथा ६ हजार ५ सय आरपीएममा १७ एमएम टर्क उत्पादन गर्दछ । सो बाइकमा ६ स्पिडको गियरवक्स दिइएको छ ।  १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा  डबल डिस्क ब्रेक उपलब्ध गराइएको छ । टेकन आर-२५० को अधिक्तम गति १२० किलोमिटर प्रतिघण्टा रहेने कम्पनीले जनाएको छ । अफरोड सेग्मेन्टको यो बाइक दुई आकर्षक रंग र ग्राफिक्समा उपलब्ध रहेको छ । 


टेक्कन आर २५० मा कडा च्यासीस, शानदार ग्राफिक्स, स्टाइलीस हेडलाईट, स्लीक सेप इन्डिकेटर, इनबिल्ट लेगगार्ड र इन्जिन गार्डका साथै आरामदायी सिट जस्ता विशेषता रहेका छन् । फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, राम्रो पिक अप, पावर र आरामदायी फिचर्स सो बाइकमा रहेको कम्पनीले दाबी गरेको छ । मोटरहेड मोटरसाइकल नेपालको सबै भूभागको लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । आउँदा दिनहरुमा नयाँ स्तरमाकाे सेवा मार्फत ग्राहकहरुलाई सन्तुष्टि दिने, कम्पनीका जनरल मेनेजर उज्जवल जोशीले बताए ।


टेकन आर-२५० बाइकको शुरुवाती नेपाली बजार मूल्य ४ लाख ५ हजार निर्धारण गरिएको छ । देशका बिभिन्न १४ स्थानमा रहेका डिलर आउटलेट बाट सो कमप्नीले आफ्नो मोटरबाइकको बिक्री तथा बितरण गर्दै आएको छ । कम्पनीले आगामी दिनमा बिक्री र बिक्री पछिको सेवालाई थप विस्तार गर्दै जाने योजना पनि बनाएको जनाएको छ । मोटरहेड विश्वमै परिचित चिनियाँ ब्रान्डको एक सफल अफरोड बाइक हो ।     


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


 


Our latest comments