Home / Blogs / एमजीको विद्युतीय एसयूभी अब नेपाल आउने
  • Upcoming Cars
  • 0

एमजीको विद्युतीय एसयूभी अब नेपाल आउने

Nepal Auto Trader

Share this News

image

नेपालका लागि एमजी गाडीको अधिकृत वितरक पारामाउन्ट मोटर्सले नयाँ विद्युतीय एसयूभी ‘एमजी जेडएस’ नेपाली बजारमा ल्याउने भएको छ। कम्पनीले ‘एमजी जेडएस’ को लागि प्रि बुकिङको घोषणा गरेको हो।

यसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशत सम्म चार्ज हुने कम्पनीले जनाएको छ।mg 

एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिने कम्पनीको दावी छ। कम्पनीले यसको ब्याट्रीमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर दिएको छ।

यसमा ३ वटा ड्राइर्भिङ मोडहरु रहेको यस विद्युतीय एसयूभीमा ६ वटा एयरब्याग, सनरुफ तथा आरमदायी विद्युतीय सिट जस्ता विशेषताहरु रहेका छन्।

क्रम्पनीले यसको मूल्य ४९ लाख ९९ हजार निर्धारण गरेको छ। यस मुल्यमा ७ किलोवार्ट एसी चार्जरको मुल्य पनि समावेश गरिएको छ।

१ लाख डिपोजिट गरेर ‘एमजी जेडएस’ प्रिअर्डर गर्न सकिने कम्पनीले जनाएको छ। यो गाडी भादौ देखि नेपाली बजारमा उपलब्ध हुनेछ। जेडएस इभी रातो, निलो र सेतो गरेर तीनवटा रंगमा उपलब्ध हुनेछ।

हामीलाई सेतोपाटी संवाददाता  मार्फत जानकारी प्राप्त भएको छ ।

Our latest comments