Home / Blogs / यस्तो छ ५० लाख पर्ने एमजीको इलेक्ट्रिक कार जेडएस ईभी
  • Latest Cars
  • 0

यस्तो छ ५० लाख पर्ने एमजीको इलेक्ट्रिक कार जेडएस ईभी

Nepal Auto Trader

Share this News

image

एमजी गाडीको विद्युतीय एसयूभी ‘जेडएस’ सार्वजनिक भएको छ। ४९ लाख ९९ हजार मूल्य निर्धारण गरिएको गाडीलाई नेपालमा पारामाउन्ट मोटर्सले ल्याएको हो। कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस ईभी हस्तान्तरण गरिसकेको बताएको छ । एमजी जेडएस ईभीले यो भेरिएन्टका लागि जुलाईमा प्रिबुकिङ खुलाएको थियो जसमा नेपालमा १५० भन्दा बढि बुकिङ भइसकेको छ ।

१ सय १० किलोवाटको मोटर र ४४ किलोवार्टको ब्याट्री जडित जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क जेनेरेट गर्छ। कम्पनीका अनुसार फुल चार्जमा गाडीले ४२८ किमीको माइलेज दिन्छ। यस एसयुभिमा भएको लिथियम आयन ब्याट्री ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ। कम्पनीले ब्याट्रीमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी प्रदान गरेको छ।

गाडीको खरिदमा कम्पनीले खरिदकर्तालाई २ र ७ किलोवार्ट चार्जर उपलब्ध गराउने कम्पनिका असिस्टेन्ट मार्केटिङ म्यानेजर सुनिल चौधरीले बताए। उनकाअनुसार २ किलोवार्टको चार्जरले १२ देखि १४ र ७ किलोवार्टको चार्जरले साढे ६ घण्टामा फुल चार्ज गर्छ। एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्ने पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालको भनाई छ । 

एमजी अर्थात मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्युजिल्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ । यसको नयाँ भेरिएन्ट एमजी जेडएस ईभीले युरोपमा ३ हजार भन्दा बढि अर्डर प्राप्त गरिसकेको छ । विश्वभर एमजीका उत्पादनहरु ६० भन्दा बढि देशहरुमा बिक्री हुँदै आइरहेको छ ।

Our latest comments