Home / Blogs / एमजी एस्टरको नेपाली बजारमा बुकिङ खुल्ला; यस्तो छ मुल्य
  • Latest Cars
  • 0

एमजी एस्टरको नेपाली बजारमा बुकिङ खुल्ला; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

एमजी (मोरिस ग्यारेज) ले नयाँ एसयूभी एस्टर नेपाली बजारमा अब छिट्टै सार्वजनिक गर्ने भएको छ । नेपालका लागि एमजीकाे आधिकारिक वितरक प्यारामाउण्ट मोटर्सले नयाँ प्रिमियम एसयूभी एस्टरको बुकिङ खुल्ला भएको पनि जानकारी दिएको छ । प्यारामाउण्ट मोटर्सले अप्रिल महिनाको अन्त्यसम्ममा यसको विक्री सुरु गर्ने तयारी गर्दै बुकिङ खुल्ला गरेको हो । नयाँ एमजी एस्टर आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचर सहित नेपाली बजारमा सार्वजनिक गरीने कम्पनीले जनाएको छ । एमजी एस्टर सुपर भेरिएन्टमा मात्र नेपाली बजारमा उपलब्ध हुने छ । 


एमजी एस्टरमा १.५ लिटरको भीटीआइ टेक पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १०८ ब्रेक हर्स पावर तथा १४४ न्युटन मिटरको टर्क प्रदान गर्छ । एस्टर सुपरमा ५ स्पिड म्यानुल र सीभीटी ट्रान्समिसन पाउन सकिन्छ । यसको चार वटै पाङ्ग्रामा डिस्क ब्रेक पाउन सकिन्छ । यसको स्पीड पनि निकै उत्कृष्ट रहेको छ, एस्टरलाई १६५ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिने कम्पनीको दावी छ । एस्टरमा भीटीआइ टेक टेक्नोलोजी दिएको कारण यसको माइलेज पनि उत्कृष्ट रहने छ । सो एक्सयूभी जस्तोसुकै बाटोको लागि पनि उपयुक्त हुने कम्पनीले जनाएको छ । 


एमजी एस्टरको लम्बाई ४३२३ एमएम, चौडाई १८०९ एमएम, उचाई १६५० एमएम, २५८५ एमएम ह्वीलवेस र २०५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ४७५ लिटर क्षमताको बुट स्पेश र ४५ लिटरको इन्धन ट्याङ्की रहेको छ । एस्टरमा १७ इन्चको डायमन्ड कट अलोय ह्विल्स दिइएको छ जसले यो एसयुभीलाई निकै आकर्षक र स्पोर्टी देखाएको छ । सो कारले १८-२० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने १२४५ केजी रहेको छ । सो कार ५ सिट क्षमतामा उपलब्ध रहेको छ ।


एस्टरमा सार्प लुकिङ एलइडी लाइट, एलईडी हेडल्याम्प, लइडी डेटाइम रनिङ लाइट, एलइडी टेललाइट, मल्टिफङस स्टेरिङ ह्वील, १०.१ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, एण्डरोइड अटो आपल कारप्ले, चारवटा स्पिकर, रियर पार्किङ क्यामरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजीटल ओडोमिटर, डिउलटोन ड्यासबोर्ड र १७ इन्चको अलोय ह्वील जस्ता बिशेषता पाउन सकिन्छ । यसैगरी यसमा निकै नै आकर्षक र वोल्ड लुक्स भएको ग्रिल पानारोमिक सनरुफ र अटोमेटिक एसी लगायतका अन्य बिशेषता पाउन सकिन्छ ।


यसैगरी एमजी एस्टरमा थुप्रै यूनिक सुरक्षा फिचरहरु दिइएको छ । सुरक्षाका लागि यसमा ६ वटा एयर ब्याग, एबीएस, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलीटी कन्ट्रोल, कर्नरिङ ब्रेक कन्ट्रोल, ब्रेक असिस्ट, फ्रन्ट र रियर चारै ह्वीलमा डिस्कब्रेक, ट्रायाक्सन कन्ट्रोल, हिल असिस्ट, रियर पार्किङ क्यामरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एन्टी–थेफ्ट अलार्म जस्ता सेफ्टी फिचर पाउन सकिन्छ । यसैगरी यसमा ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, टायर प्रेसर मनिटरिङ र १४ प्रकारका अटोनोमस फिचर जस्ता अन्य आधुनिक फिचर पनि पाउन सकिन्छ । 


एमजी एस्टरको नेपाली बजार मुल्य ४८ लाख ४९ हजार निर्धारण गरेर बुकिङ खुल्ला गरिएको हो । नेपालभरका एमजीका सोरुममार्फत यसको बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । यसले नेपाली बजारमा हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुन र स्कोडा कुशाकसँग सिधा प्रतिस्पर्धा गर्नेछ । एस्टर उच्च शक्तिशाली इन्जिन, लक्जरी इन्टीरियर, एक्सटेरियर र उच्च सुरक्षाका लागि निकै परीचित छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।














Our latest comments