Home / Blogs / होन्डाको लोकप्रिय स्कुटर डिओ नयाँ मोडलमा ।

होन्डाको लोकप्रिय स्कुटर डिओ नयाँ मोडलमा ।

Nepal Auto Trader

Share this News

image

जापानीज बाइक निर्माता कम्पनी होन्डाको लोलकप्रिय स्कुटर ‘डिओ’ थप सुविधासहित नेपाली बजारमा भित्रिएको छ 

डिओको नयाँ सेड आकर्षक डिजाइनमा उपलब्ध छ । होन्डाको एचइटी इञ्जिन प्रयोग गरिएको डिओले विश्वसनीय कार्यसम्पादन गर्छ । आरामदायी यात्राका लागि नयाँ डिओ उपयुक्त रहेको कम्पनीले जनाएको छ।

नयाँ मोडल स्पोर्टस् रेड, ब्ल्याक, क्यान्डी पाल्म गि्रन तथा क्यान्डी जाज्जी ब्लू गरी चार कलरमा भित्रिएको छ । डिओ नेपालमा सबैभन्दा बढी बिक्री हुने स्कुटर हो । थप कलरमा भित्रिएको डिओ ग्राहकहरुका लागि अझै नयाँ विकल्प हुने कम्पनीको विश्वास छ ।

नेपालमा होन्डा मोटरसाइकल चर्चित व्यवसायीक घरना ज्योति समुह अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले बिक्री वितरण गर्दै आएको छ ।

सन् १९६८ मा स्थापना भएको स्याकार कम्पनीले आफ्नो स्थापनाकाल देखि नै मोटरसाइकल व्यवसाय गर्दै आएको छ । कम्पनीले सन् २००२ देखि होण्डा अटोमोबाइलको पनि कारोबार सुरु गरेको छ । अहिले यो कम्पनी नेपालकै एक प्रतिष्ठित र अग्रणी कम्पनीमा पर्छ । हामीलाई अनलाइन खबर मार्फत जानकारी प्राप्त भएको छ   ।

 

 

 

  • tags

Our latest comments