Home / Blogs / २०२२ केटीएम आरसी २०० नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Bikes
  • 0

२०२२ केटीएम आरसी २०० नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा २०२२ मोडलको केटीएम आरसी २०० सार्वजनिक भएको छ । नेपालका लागि केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २०२२ मोडल केटीएम आरसी २०० को विक्री सुरु भएको पनि जनाएको छ । कम्पनीले केही दिन अघि मात्र आरसी २०० नेपाली बजारमा भित्राएको थियो । २०२२ आरसी २०० को ग्राफिकमा ब्यापक परिर्वतन गरिएको छ भने इन्जिन र पावरट्रेनमा भने कुनै परिर्वतन गरिएको छैन ।  लामो यात्रा र शहरको दैनिक जीवनमा राइडिङको मजा लिनको लागि आरसी २०० एक उपयुक्त मोटरबाइक रहेको कम्पनीको भनाइ छ ।


नयाँ आरसी २०० मा एडजस्टेवल ह्यान्डलबार, ट्वीन पड प्रोजेक्टर हेडल्याम्प, नयाँ एलसीडी क्लष्टर, नयाँ डिजाइन एलइडी हेडल्याम्प तथा वीन सिल्ड दिइएको छ । सो बाइकको ह्यान्डल बारलाई राइडरले आफू अनुकुल एड्जस्ट गर्न सकिने छ । बाइकमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यो बाइकमा नयाँ एयरबक्स, नयाँ स्टिफर, हलुका स्प्लिट स्टिल फ्रेम, नयाँ कर्भड रेडियटर र लेजर टेक्स्चर सहितको विन्डस्क्रिन जस्ता फिचर्स थप गरिएको छ । यसमा सुपरमोटो एबिएस समेत थप गरिएको कम्पनीले जनाएको छ । 


केटीएमले यसको इन्जिनमा भने कुनै परिर्वत गरेको छैन । सो बाइकमा २ सय सिसी क्षमताको लिक्वड कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ जुन १० हजार आरपीएममा २५ पीएस तथा ८ हजार आरपीएममा १९.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा केटीएम २०० ड्युकमा प्रयोग भएको इन्जिन रहेको छ । यस बाइकमा ६ स्पीडको गियर बक्स रहेको छ । यसको फ्रन्टमा २८० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक पाउन सकिन्छ । यसैगरी यसको फ्रन्टमा अपसाईड डाउन फ्रक र रियरमा मोनोसक रहेको छ । 


केटीएमको आरसी २०० को लम्बाई १९७८ एमएम, चौडाई ६८८ एमएम, उचाई १०९८ एमएम, ग्राउण्ड क्लियरेन्स १५६ एमएम र १३४० एमएमको ह्वीलवेस रहेको छ । यसको वजन १६० केजी रहेको छ । यसैगरी आरसी २०० को नयाँ भर्सनमा १३.७ लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको छ, यसअघिको मोडलमा ९.५ लिटरमात्र रहेको थियो । सो बाइकले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । कम्पनीले सो बाइकको टप स्पिड १४२ किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । 


२०२२ केटीएम आरसी २०० को नेपाली बजार मूल्य ६ लाख ७४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ भने यस अघि विक्री हुँदै आइरहेको आरसी २०० को मूल्य ६ लाख ५९ हजार ९०० रुपैयाँ रहेको थियो । पुरानो मोडलको तुलनामा नयाँ केटीएम आरसी २०० १५ हजार रुपैयाँले बढी रहेको छ । यसले नेपाली बजारमा यामाहा आर-१५ भी ४ तथा आर १५ एमसँग प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।






Our latest comments