केटिएम आरसी २०० को २०२२ मोडल नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २०२२ मोडल केटीएम आरसी २०० को बुकिङ खुल्ला गरेको पनि जनाएको छ । कम्पनीले केही दिन भित्रै मोटरसाइकलको नेपाली बजारमा उपलब्ध गराउने योजान सहित आरसी २०० को बुकिङ लिन थालेको हो । २०२२ आरसी २०० को ग्राफिकमा ब्यापक परिर्वतन गरिएको छ भने इन्जिन र पावरट्रेनमा भने कुनै परिर्वतन गरिएको छैन ।
नयाँ भर्सनको आरसी २०० मा एडजस्टेवल ह्यान्डलबार, नयाँ एलसीडी क्लष्टर, नयाँ डिजाइन एलइडी हेडल्याम्प तथा वीन सिल्ड दिइएको छ । सो बाइकको ह्यान्डल बारलाई राइडरले आफू अनुकुल एड्जस्ट गर्न सकिने कम्पनीले जनाएको छ । यसमा सुपरमोटो एबिएस समेत थप गरिएको छ । यसैगरी आरसी २०० को नयाँ भर्सनमा १३.७ लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको छ, यसअघिको मोडलमा ९.५ लिटरमात्र रहेको थियो । यो बाइकमा नयाँ एयरबक्स, नयाँ स्टिफर, हलुका स्प्लिट स्टिल फ्रेम, नयाँ कर्भड रेडियटर र लेजर टेक्स्चर सहितको विन्डस्क्रिन जस्ता फिचर्स थप गरिएको छ ।
केटीएमले यसको इन्जिनमा भने कुनै परिर्वत गरेको छैन । सो बाइकमा २ सय सिसी क्षमताको लिक्वड कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम २४.६ पीएस पावर र १९.२ एनएम टर्क प्रदान गर्छ । आरसी २०० को लम्बाई १९७८ एमएम, चौडाई ६८८ एमएम, उचाई १०९८ एमएम, ग्राउण्ड क्लियरेन्स १५६ एमएम र १३४० एमएमको ह्वीलवेस रहेको छ । यसको वजन १६० केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि ३२० एमएम र पछाडि २३० एमएम डिस्क ब्रेक दिइएको छ ।
२०२२ केटीएम आरसी २०० को मूल्य ६ लाख ७४ हजार ९०० रुपैयाँ तोकिएको छ भने यस अघि विक्री हुँदै आइरहेको आरसी २०० को मूल्य ६ लाख ५९ हजार ९०० रुपैयाँ रहेको थियो । पुरानो मोडलको तुलनामा नयाँ केटीएम आरसी २०० १५ हजार रुपैयाँले बढी रहेको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।