केटीएमले नेकेट स्ट्रिट फाइटर बाइक ड्युक ७९० सार्वजनिक गरेको छ । पावरफुल इन्जिन सहित बजारमा आउने यो मोटरसाइकलको मूल्य करिब २० लाख निर्धारण गर्ने अनुमान लगाइएको छ ।
केटीएम ७९० ड्युकको तौल १ सय ८९ किलोग्राम रहेको छ। ७९९ सीसीको प्यारेलल ट्विन इन्जिन रहेको यो बाइकले १०३ बीएचपी शक्ति तथा ८६ एनएम टर्क क्षमता दिन्छ। यो बाइकमा ६–स्पिड गियरबक्स रहेको छ।
केटीएमले ल्याएको यो बाइकमा एलईडी हेडल्याम्प र टेललाइट तथा ड्युक ३९० मा जस्तै टीएफटी स्क्रिनयुक्त रहेको छ। बाइकमा ३०० एमएम डुअल डिस्क ब्रेकसँगै जे जुआन क्लिपर्स दिइएको छ। पछाडि पांग्रामा २४० एमएम सिंगल डिस्क ब्रेक रहेको छ। यसका अन्य सुविधामा स्लिपर क्लच असिस्ट, ९–लेबल ट्रयाक्सन कन्ट्रोल, चार राइडिङ मोडसँगै लाइभ बाई वायर, एबीएस र सुपरमोटो मोडजस्ता फिचरहरु रहेका छन्।
१७ इन्चको अलोय ह्विल लगाइएको यो बाइक आएसँगै यामाहा एमटी–०९, ट्रायम्फ स्ट्रिट ट्रिपल आरएस, डुकाटी मन्स्टर ८२१, कावासाकी जेट९०० र सुजुकी जीएसएक्स–आर७५०सँग प्रतिस्पर्धा हुने देखिएको छ। अधिकांश सवारीसाधन भारतमा आएसँगै नेपालमा पनि आउने भएकाले नेपालमा पनि यसको शीघ्र आगमन हुनसक्नेछ।
स्पोर्ट, स्ट्रिट, रेन र ट्राकगरि चार ओटा राइडिंग मोड दिइएको रहेको मोटरसाइकलमा एबीएस, ट्राक्सन कन्ट्रोल, ह्वील कन्ट्रोल लगायतका विशेषता दिइएको कम्पनीले जनाएको छ ।
PREVIOUS NEWS