निकै नै लोकप्रिय मानिएको जावा बाइक नेपाली बजारमा राम्रो स्थान पाएको छ । अग्नि मोटोइन्क प्रा.लि. ले जावा बाइकको नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । जावा पेराकको नाम दोस्रो विश्वयुद्धको समयमा पेरिसमा भाएको मोटर शोमा पेश गरिएको पेराक बाइकबाट लिइएको हो । जावाको सबैभन्दा सस्तो बाइक जावा-४२ को सिंगल च्यानल एबिएस हो । त्यस्तै हालै सार्वजनिक जावा पेराक अहिलेसम्मको सबैभन्दा महंगो जावाको मोडल हो । जावाको विभिन्न मोडलको बाइकको नेपाली मूल्यसूची यस प्रकारको छ:
जावाको मोडलको नेपाली मूल्यसूची:
| मोडल | इन्जिन क्षमता | मूल्य |
| जावा -४२ (सिंगल च्यानल एबिएस) | ३०० सिसी | रु. ६,२०,००० |
| जावा ४२ (डुअल च्यानल एबिएस) | ३०० सिसी | रु. ६,४८,००० |
| जावा (सिंगल च्यानल एबिएस) | ३०० सिसी | रु. ६,४८,५०० |
| जावा (डुअल च्यानल एबिएस) | ३०० सिसी | रु. ६,७६,५०० |
| जावा पेराक (डुअल च्यानल एबिएस) | ३३४ सिसी | रु. ७,५०,००० |