Home / Blogs / हुन्डाईले नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने
  • Upcoming Cars
  • 0

हुन्डाईले नयाँ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्ने

Nepal Auto Trader

Share this News

image

हुन्डाईले बजारमा लगातार नयाँ प्रोडक्ट सार्वजनिक गर्दै आएको छ । कम्पनीले हालै बहुप्रतिक्षित एसयूभी न्यु जेनेरेसन हुन्डाई क्रेटा सार्वजनिक गरेको छ ।कम्पनीले चाँडै नै भरना र टुसानको अपडेट मोडल सार्वजनिक गर्ने भएको छ । यसको साथै हुन्डाईले इलेक्ट्रिक एसयूभी लाइनअपमा राखेको छ । हुन्डाईले निर्माण गर्न लागेको इलेक्ट्रिक एसयूभी मेड इन इन्डिया र मेड फर इन्डिया प्रोडक्ट हुनेछ । सो एसयूभी नेपाल सहित अन्य देशमा पनि निर्यात गरिने छ ।

हुन्डाईको सो नयाँ इलेक्ट्रिक भेइकल सब कम्प्याक्ट एसयूभी हुनेछ । सो कार २०२२ मा सार्वजनिक गर्ने सम्भावना रहेको छ । हुन्डाईको नयाँ इलेक्ट्रिक एसयूभी फ्लेक्जिबल प्लेटफर्ममा आधारित हुनेछ । सो कार पेट्रोल, डिजेलको साथै इलेक्ट्रिक र हाइब्रिड पावरट्रेन अनुकुल हुनेछ ।

हुन्डाईको आउन लागेको नयाँ इलेक्ट्रिक एसयूभीको एक पटकको फुल चार्जमा २ सय देखि ३ सय किलोमिटरको रेन्ज हुनेछ । सो कारको मूल्यको बारेमा केही आधिकारीक जानकारी कम्पनीले दिएको छैन । यति त्यो गाडी नेपाली बजारमा सार्वजनिक भयो भने  सो कारको टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा हुनेछ । जसको मूल्य १३ लाख ९९ हजार देखि १५ लाख ९९ हजार भारुको बीच रहेको छ ।

हुन्डाई कोना नेपालमा हुन्डाईको पहिलो इलेक्ट्रिक भेइकल हो । कम्पनीले गएको वर्ष सो कार  सार्वजनिक गरेको थियो । लन्चिङको ८ महिनामा कम्पनीले इलेक्ट्रिक कोना ३०० युनिट बिक्री गरिसकेको छ ।

Our latest comments