Home / Blogs / एक चार्जमा ५०० किलोमिटर चल्ने हुन्डाइको विद्युतीय कार
  • Upcoming Cars
  • 0

एक चार्जमा ५०० किलोमिटर चल्ने हुन्डाइको विद्युतीय कार

Nepal Auto Trader

Share this News

image

राजधानीको व्यस्त सडक सुहाउँदो यी बिद्युतीय कार प्रयोगकर्ता इन्धनको लामो लाइनमा बस्नु पर्दैन् । न त पेट्रोल र डिजेलको जस्तो महंगो संचालन खर्च, न त नियमित मर्मत सम्भारको झण्झट नै ।

अटो कम्पनी हुन्डाइले चाँडै लामो दुरी तय गर्नसक्ने ‘प्रिमियम’ विद्युतीय कार बनाउने भएको छ। विद्युतीय कारमा निकै अघि बढिसकेको टेस्ला र अन्य कम्पनीसँग यसले प्रतिस्पर्धा गर्नेछ।

हुन्डाइले सन् २०२१ सम्ममा बजारमा विद्युतीय सेडान ल्याउने योजना बनाएको समाचारमाध्यमले उल्लेख गरेका छन्।

एक पटकको चार्जमा ५०० किलोमिटरसम्म चल्ने कार बनाउने योजना कम्पनीको छ। यसबाहेक हुन्डाइले आफ्नो सानो एसयूभी मोडल ‘कोना’ को पनि विद्युतीय संस्करण बनाउने भएको छ। विद्युतीय कोना पनि एकपटकको चार्जमा ३९० किलोमिटरसम्म चल्ने बनाउने कम्पनीको लक्ष्य भएकव् बताइएको छ।

वातावरणमैत्री कार रणनीतिमा आफूलाई बलियो सावित गर्न विद्युतीय सवारीसाधन निर्माणमा जोड दिएको कम्पनीका कार्यकारी उपाध्यक्ष ली क्वाङ–गुकले बताएका छन्।

हुन्डाइ विश्वव्यापी बिक्रीमा पाँचौं स्थानमा छ। आफ्नो सहायक कम्पनी किया मोटर्ससँग मिलेर तीनवटा विद्युतीय कार बनाउन गइरहेको छ। हुन्डाइले सन् २०२० सम्ममा कुल ३१ मोडलका वातावरणमैत्री कार ल्याउने बताइएको छ।


Our latest comments