कोरियन अटोमोवाइल कम्पनी हुन्डाईले आफ्नो चर्चित एसयूभी क्रेटाको नयाँ भेरियन्ट ‘एसएक्स एक्जुकेटीभ’ बजारमा सार्वजनिक गरेको छ । क्रेटाको एस र एसएक्स भेरियन्टको बीचमा राखेर ‘एसएक्स एक्जुकेटीभ’ भेरियन्ट बजारमा उतारेको कम्पनीले जनाएको छ । पेट्रोल र डिजेल दुबै १.५ लिटर इन्जिनमा उपलब्ध हुने सो नयाँ भेरियन्ट केही समयपछि नेपाली बजारमा पनि उपलब्ध हुने कम्पनीको भनाइ छ । विभिन्न भेरिएन्टमा उपलब्ध रहेको क्रेटा हाल सार्वजनिक गरिएको भेरिएन्ट सबैभन्दा सस्तो भेरिएन्ट हुने छ ।
हुन्डाई क्रेटा धेरैको रोजाइमा पर्नुको कारण यसमा रहेको इन्जिन हो । क्रेटा एसएक्स एक्जिक्युटिभमा इन्जिन भने पुरानै निरन्तर रहने छ । यसमा १.५ लिटरको नेचुरल्ल एस्पायर्ड पेट्रोल र १.४ लिटर टर्बो पेट्रोल र १.५ लिटरको टर्बो डिजल इन्जिन रहने छ । १.४ डिजेल इन्जिनले ८९ बीएचपी र २२० एनएम टर्क दिन्छ भने १.५ लिटर डिजेल इन्जिनले १२६ बीएचपी पावर र २६० एनएम टर्क दिन्छ । ६ स्पीड म्यानुअल ट्रान्समिसन रहेको यो मोडलले २० मिलोमिटर प्रतिलिटर माइलेज दिने अनुमान गर्न सकिन्छ ।हाल बजारमा डिजेल इन्जिनको क्रेटा ६ स्पीड म्यानुअल तथा अटोमेटिक दुवै अप्सनमा उपलब्ध रहेको छ ।
नयाँ एसएक्स एक्जुकेटीभ भेरियन्टमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम उपलब्ध भने हुने छैन । त्यस्तै सो कारमा हुन्डाईको व्लुलिङ्क कार कनेक्टीभीटी, एप्पल कार प्ले, एन्ड्रोइड अटो, भ्वाइस रिकग्नीसन फङ्सन, ड्राइभर रियर भ्यू मनिटर र बर्गलर अलार्म पनि हटाइएको छ । रेयर पार्किङ सेन्सर, एन्टि–पिन्च इलेक्ट्रीक वीन्डो, डियूल फ्रन्ट एयरब्याग र एबीएस जस्ता विशेषता यसमा छन । सो भेरियन्टमा कम्पनीले बडीकलर डोरह्याण्डल, डेनाइट मिरर, मल्टीफङ्सन स्टेरिङ ह्वील, रिभर्सीङ क्यामरा, यूसबी पोर्ट, सार्कफिन एन्टेना तथा ब्लुटुथ माइक जस्ता विशेषता पनि थप गरेको छ ।
हाल नेपाली बजारमा उपलब्ध पेट्रोल इन्जिनयुक्त हुन्डाई क्रेटाको सबैभन्दा सस्तो भेरिएन्ट एसएक्सको मूल्य ६१ लाख ५६ हजार रुपैयाँ रहेको छ । पेट्रोल र डिजेल दुबै १.५ लिटर इन्जिनमा उपलब्ध हुने नयाँ भेरियन्ट केही समयपछि नेपाली बजारमा सार्वजनिक हुने कम्पनीको भनाइ छ । नयाँ भेरियन्ट आएसँगै यसको नेपाली बजार मुल्य ५७ लाख हाराहारीमा हुने अनुमान गर्न सकिन्छ । कम्पनीले क्रेटामा ३ वर्षसम्म वा ६० हजार किलोमिटर वारेन्टी दिदै आएको छ । कम्पनीले आवश्यक पार्टस र सर्भिस समेत नेपाली बजारमा सहज रुपमा उपलब्ध गराउँदै आएको छ ।