Home / Blogs / हुन्डाई क्रेटा नाइट एडिसन नेपाली बजारमा उपलब्ध; यस्तो छ मुल्य
  • Latest Cars
  • 0

हुन्डाई क्रेटा नाइट एडिसन नेपाली बजारमा उपलब्ध; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

कोरियन अटोमोवाइल कम्पनी हुन्डाईले आफ्नो चर्चित एसयूभी क्रेटाको नयाँ भेरियन्ट नाइट एडिसन नेपाली बजारमा उपलब्ध गराएको छ । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई क्रेटाको नाइट एडिसन एस प्लस भेरिएन्ट नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । नेपाली बजारमा उपलब्ध हुन्डाई क्रेटाको यो नयाँ भेरिएन्ट एस र एसएक्स भेरिएन्ट बीचको लाइनअपमा रहने कम्पनीले जनाएको छ । अघिल्लो वर्ष भारतमा सार्वजनिक भएको नाइट एडिसन नेपालमा सार्वजनिक भएको धेरै समय भएको छैन । 


नाइट एडिसन भेरियन्टमा उपलब्ध हुन्डाई क्रेटा सबै कालो कलर थेममा तयार पारीएको छ । नयाँ क्रेटाको ग्रिलमा रातो कलर लाइनको प्रयोग गरिएको छ भने यसमा रहेको स्कीड प्लेट, विङ मिरर, रुफरेल, साइड सिल र सि पिलर जस्ता भागहरु कालो कलरमा पाउन सकिन्छ । यसैगरी नयाँ क्रेटाको धेरै ठाउँमा ‘नाइट एडिसन’ को स्पेशल ब्याज पनि प्रयोग गरिएको छ । यसैगरी नयाँ क्रेटाको भित्री डिजाइन पनि कालो कलर थेममा पाउन सकिन्छ भने यसमा रहेको एसी भेन्ट तथा सिट लगायतका स्थानमा रातो र कालो कलरको मिश्रण दिइएको छ ।


क्रेटा नाइट एडिसनमा इन्जिन भने पुरानै निरन्तर रहेको छ । यसमा पनि रेगुलर मोडल जस्तै १.५ लिटर पेट्रोल इन्जिन उपलब्ध छ । यसले ११३ एचपी पावर र १४४ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीड म्यानुअल ट्रान्समिसन रहेको यो मोडलले १६-१८ मिलोमिटर प्रतिलिटर माइलेज दिने अनुमान गर्न सकिन्छ । यसमा अटोमेटीक गियरबक्स पनि पाउन सकिन्छ । यससँगै नेपाली बजारमा हुन्डाई क्रेटा पेट्रोलको ८ भेरिएन्ट र डिजेलमा ३ भेरिएन्ट उपलब्ध हुने भएका छन् ।


क्रेटा नाइट एडिसनको लम्बाई ४३०० एमएम, चौडाई १७९० एमएम, उचाई १६३५ एमएम, २६१० एमएम ह्वीलवेस र १९० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ४०० लिटर क्षमताको बुट स्पेश र ५० लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले १६-१८ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । यसको वजन भने १३६७ केजी रहेको छ भने यसले १३.३ सेकेन्डमा १६० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ ।  


क्रेटा नाइट एडिसनमा एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प, १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, हुन्डाईको व्लुलिङ्क कार कनेक्टीभीटी, एप्पल कार प्ले, एन्ड्रोइड अटो, रेयर पार्किङ सेन्सर, फ्रन्ट तथा साइड कर्टेन एयरब्याग, रियर डिस्क ब्रेक, स्मार्ट पानोरामिक सनरुफ, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट, हिल असिस्ट कन्ट्रोल, एबीएस, इएससी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इन्टेलिजेन्ट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर र लेदर र्याप स्टेरिङ ह्वील जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ ।   


नाइट एडिसनमा उपलब्ध हुन्डाई क्रेटाको नेपाली बजार मुल्य ६४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले क्रेटामा ३ वर्षसम्म वा ६० हजार किलोमिटर वारेन्टी दिदै आएको छ । कम्पनीले आवश्यक पार्टस र सर्भिस समेत नेपाली बजारमा सहज रुपमा उपलब्ध गराउँदै आएको छ ।  


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagramTikTok पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।






 

Our latest comments