अमेरिकी अटोमोवाइल कम्पनी फोर्ड मोटर्सले आफ्नो हाई प्रफर्मेन्स पीकअप र्याप्टरको नेक्सट जेनेरेशन मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि फोर्ड मोटर्सको आधिकारीक वितरक जीओ फोर्डले र्याप्टरको नेक्सट जेनेरेशन मोडल नेपाली बजारमा भित्राएको छ । बिशेष गरी अफरोड प्रयोगको लागि डिजाइन गरिएको र्याप्टरले अफरोड र अनरोड सबैखाले बाटाहरुमा आरामदायी तथा सुरक्षित यात्रा गर्न सकिने कम्पनीले जनाएको छ । पहिलेको तुलनामा नयाँ फोर्ड र्याप्टर निकै आकर्षक पनि रहेको छ ।
फोर्डको नयाँ जेनेरेशन र्याप्टरमा ३.० लिटरको ईकोबुष्ट भिसिक्स पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले ३९७ पीएस पावर तथा ५८३ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यसमा १० स्पीडको अटोमेटिक ट्रास्मीसन उपलब्ध रहेको छ । यसमा ट्रिपल क्लच असेम्ब्ली प्रयोग गरिएको छ जसले गर्दा कडा गियर अनुपात र द्रुत गियर परिवर्तनहरूको लागि सहज गर्दछ । फोर्ड र्याप्टरमा फोर ह्वील ड्राइभ प्रणाली पाउन सकिन्छ भने यसमा भएको मिड ट्राभल सस्मेन्सन सिस्टम तथा अल टेरेन टायरले अफरोड र अनरोड ड्राइभिङलाई पनि सहज बनाउन मद्दत गर्दछ ।
फोर्ड र्याप्टरको लम्बाई ५३६० एमएम, चौडाई २०२८ एमएम, उचाई १९२६ एमएम, ग्राउण्ड क्लियरेन्स २८० एमएम र ३२७० एमएमको ह्वीलवेस रहेको छ । यसमा ८० लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले वजन २६९९ केजी रहेको छ । र्याप्टरले १०-१५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । १७ इन्चको अलोय ह्वील रहेको र्याप्टरले २.५ टनसम्मको तौल बोक्न सक्ने क्षमता राख्दछ भने यसलाई ८५० एमएम गहिरो पानीमा समेत गुडाउन सकिन्छ ।
फोर्ड र्याप्टरमा नयाँ डिलाइनको वाइड फेन्डर तथा नयाँ ग्रिल डिजाइनका साथै फोर्डको निलो कलरको लोगोको सट्टामा यसको फ्रन्ट ग्रिलमा ठूलो अक्षरमा फोर्ड लेखिएको पाउन सकिन्छ । यसमा अफरोड क्रूज कन्ट्रोल, इलेक्ट्रोनीक ब्रेकिङ बुस्टर, १२ इन्चको पोर्टेड टचस्कृन इन्फोटेन्मेन्ट, १२.४ इन्चको कस्टुमाइज डिजिटल क्लष्टर, मल्टीफङ्सनल स्टेरिङ ह्वील, प्याडल सिफ्टर, ३६० डिग्री क्यामरा, इलेक्ट्रीक पार्किङ ब्रेक, र वायरलेस चार्जर जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ ।
फोर्ड र्याप्टर नेक्सट जेनेरेशनको नेपाली बजार मूल्य २ करोड १५ लाख रुपैयाँ निर्धारण गरिएको छ । नयाँ र्याप्टर विभिन्न ७ थरीको ड्राइभ मोडमा उपलब्ध रहेको छ भने यसमा रहेको स्टेरिङ मोड पनि तीन फरक तरिकाले छनौट गर्न सकिने छ । सो कार विभिन्न ७ कलर अप्सनमा उपलब्ध रहेको छ । जीओ फोर्डले नेपाली बजारमा फोर्ड र्याप्टरको विक्री समेत सुरु गरेको जनाएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।