नेपालका लागि क्रसफायरको आधिकारिक वितरक क्लासिक ह्विल एक्सपोर्ट एन्ड इम्पोर्टले क्रसफायर ट्रयाकर २५० मोटरसाइकलको अपडेटेड भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले केही समय अगाडी ट्रेकर २५० सोसल मिडिया प्लेटफर्मबाट नेपाली बजारमा सार्वजनिक गरेको हो । गत अगस्ट महिनामा यसको प्राइमेरी भर्सन नेपाली बजारमा सार्वजनिक भएको थियो भने अब कम्पनीले केही फिचर अझै अपडेट गरेर सार्वजनिक गरेको जनाएको छ । कम्पनीले यसको ग्राफिकमा समेत परिर्वत गरेको जनाएको छ ।
क्रसफायर ट्रेकर २५० मा २४८ सीसी इन्जिन रहेको छ जुन इन्जिनले २० एचपी पावर र १८।५ एनएम टर्क उत्पादन गर्दछ । यस अघि विक्री भएको ट्रेकर २५० मा ५ स्पीडको गियरबक्स रहेको छ भने नयाँ ट्रेकर २५० मा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । ट्रेकर २५० को लम्बाई १९८० एमएम, चौडाई ८२० एमएम, उचाई १२२० एमएम, १३८० एमएम ह्वीलवेस र २४० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । सो बाइकमा ७।५ लिटरको इन्धन ट्याङ्की दिइएको छ भने यसको तौल ११५ केजी रहेको छ । सो बाइकले ३० किलोमिटर प्रतिलिटर माइलेज दिने छ ।
नयाँ क्रसफायर ट्रेकर २५० मा फ्रन्ट र रियर दुवैमा अपग्रेड गरिएको वेभ डिस्क ब्रेक रहेको छ । ट्रेकर २५० को ह्वील रिम र बडि फ्रेममा रेड कलर दिइएको छ भने यसमा युएसबी चाजिर्ङ पोर्ट, डिजिटल क्लस्टर, गियर इन्डिकेटर, अपग्रेडेड रबर फुट पेग्स, आल्मुनियम इन्जिन स्किड जस्ता फिचर उपलब्ध रहेको छ । दुबै बाइकमा फराकिलो र ठूलो टायर दिइएको छ जुन अफरोड तथा अनरोड दुबैमा उपयुक्त हुनेछ । यसमा शानदार ग्राफिक्स, स्टाइलीस हेडलाईट, स्लीक सेप इन्डिकेटर र एलईडी टेल लाइट पनि दिइएको छ ।
नयाँ क्रसफायर मोटरसाइकल ब्ल्याक रेड र ब्ल्याक ग्रे गरी दुई कलर अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ मोटरसाइकलकको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन् भने हाल विक्री भइरहेको ट्रेकर २५० को नेपाली मूल्य ३ लाख ४८ हजार रुपैयाँ रहेको छ । औपचारिक सार्वजनिक पश्चात मात्र यसको मूल्य सार्वजनिक गरिने छ । अबको केही दिनमै यो मोटरसाइकल टेस्ट राइड र डेलिभरीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । सो बाइकले हिरो एक्सपल्स २०० र मोटरहेड मोटरसाइकल संग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।