Home / Blogs / क्रसएक्स २५० आर ईएफआई नयाँ फिचरका साथ नेपाली बजारमा सार्वजनिक हुँदै; खुल्यो बुकिङ
  • Latest Bikes
  • 0

क्रसएक्स २५० आर ईएफआई नयाँ फिचरका साथ नेपाली बजारमा सार्वजनिक हुँदै; खुल्यो बुकिङ

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा नयाँ मोडलको क्रसएक्स २५० आर सार्वजनिक हुने भएको छ । नेपालका लागि क्रसएक्सको आधिकारिक वितरक बाइकर्स नेपालले क्रसएक्स २५० आर ईएफआई बाइकलाई थप नयाँ फिचरका साथ नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ । नयाँ क्रसएक्समा जीपीएस र एन्टी थेफ्ट जस्ता नयाँ थप आधुनिक फिचर पाइने छ भने यसको सस्पेन्सन सेटअप पनि नयाँ डिजाइनको हुने कम्पनिले जनाएको छ । बिशेषगरी युवाहरुको रोजाईमा डबल साइलेन्सर बाइक मन पर्ने भएकाले त्यसै अनुसार यसको डिजाइन गरिएको छ । डर्ट र मोटार्ड गरी दुवै सेगमेन्टमा यो बाइक उपलब्ध रहेको छ । 


नयाँ  क्रसएक्स २५० आर मा २४९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, ईएफआई इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ३२ एचपीको पावर दिन्छ र २९.८ एनएम टर्क प्रदान गर्दछ । ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक दिइएको छ । यसको ब्रेकिङ सिष्टम जापनिज कम्पनी निसिनले निर्माण गरेको हो । यसमा नयाँ सस्पेन्सन सेटअपका साथ डबल साइलेन्सर पनि पाउन सकिन्छ । यसैगरी यसमा स्लिपर क्लच रहेको छ भने आयल कुलरसँगै र्याम एयर असिस्टको विशेषता दिइएको छ । 


क्रसएक्स २५० आर को लम्बाई १९८० एमएम, चौडाई ८२० एमएम, उचाई ९४० एमएम, ग्राउण्ड क्लियरेन्स ३६१ एमएम र १३८० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा ६.५ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता राखदछ । यो मोटरसाइकलको सिटको उचाई ९४० एमएम छ भने यसको वजन ११७ केजी रहेको छ । सो बाइकलाई अधिकतम १३० किलोमटिर प्रतिघन्टको गतिमा हाँक्न सकिने कम्पनीले दाबी गरेको छ । 


ईएफआई प्रविधियुक्त भएको क्रसएक्स २५० आरमा बेटर कोल्ड स्टार्ट, बेटर थ्रोटल रेस्पोन्स, बेटर फ्युल एफिसियन्सी र लेस मेन्टिनेन्स जस्ता नयाँ आधुनिक विशेषता रहेका छन् । त्यसैगरी यसमा  सबै एलइडी लाइट, एलइडी हेडलाइट, एलइडी डिआरएल, स्लीक सेप इन्डिकेटर, डिजिटल इन्स्टयुमेन्ट प्यानल र नयाँ फ्यूल ट्याङ्क जस्ता आधुनिक फिचर पाउन सकिन्छ । सो बाइकमा फराकिलो र ठूलो टायर दिइएको छ जुन अफरोड तथा अनरोड दुबैमा उपयुक्त हुनेछ । 


क्रसएक्स २५० आर रेड र ब्ल्याक गरी दुई कलर अप्सनमा उपलब्ध रहेको छ । सो बाइकको नेपाली बजार मूल्य भने पुरानै अर्थात ८ लाख ९५ हजार रुपैयाँ नै तोकिएको छ । नेपाली बजारमा यसको सिधा प्रतिश्पर्धा केटीएम एड्भेन्चर २५० र होन्डा सीआरएफ ३०० सँग हुनेछ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments