Home / Blogs / नेपाली बजारमा चांगनको प्रिमियम सेडान ‘एल्सभीन’ सार्वजनिक; यस्तो छ मूल्य
  • Latest Cars
  • 0

नेपाली बजारमा चांगनको प्रिमियम सेडान ‘एल्सभीन’ सार्वजनिक; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

चांगन अटोले आफ्नो प्रिमियम सेडान ‘एल्सभीन’ नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि चांगनको आधिकारिक वितरक एमएडब्ल्युले सो सेडान नेपाली बजारमा भित्राएको जनाएको छ । चांगन अटोले आफ्नो पहिलो गाडी एल्सभीन सार्वजनिक गरेर नेपाल अटो क्षेत्रमा प्रवेश गरेको हो ।  एल्सभीनको पप–अप शोरुम सोल्टी क्राउन प्लाजामा रहेको छ जहाँ कम्पनीले गाडीको टेष्ट ड्राइभ आयोजना पनि गरेको हो । कम्पनीका अनुसार एल्सभीन सेडानबाट ग्राहकले विलासिता, आराम र कार्यक्षमताको मिश्रण पाउने छन् ।   


एल्सभीन सेडानमा १.४ लिटर क्षमताको ब्लू कोर इन्जिन दिइएको छ जुन इन्जिनले ९९ पीएस पावर र १३५ एनएम टर्क प्रदान गर्दछ । यसमा ६–स्पिड म्यानुअल ट्रान्समिसन र १३७० सीसीको इन्जिन दिइएको छ । एल्सभीनमा २५३५ एमएमको ह्वीलबेस, १६५ एमएमको ग्राउन्ड क्लियरेन्स, १५ इन्चको अलोय ह्विल  जस्ता फिचर प्रदान गरिएको छ । एल्सभीनमा ४ सिलिन्डरहरू छन् र यसमा ३९० लिटरको डिकी स्पेस पनि रहेको छ । एल्सभीनको लम्बाई ४३६० एमएम, चौडाई १७१० एमएम र उचाई १४७५ एमएम रहेको छ ।


एल्सभीनमा ७ इन्च इन्फोटेनमेन्ट टच स्क्रिन, एड्जस्टेवल स्पोर्टी फ्ल्याट बटम स्टेयरिङ ह्वील, प्रिमियम लेदरेट सीट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी डिआरएल सहितको प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर बटरफ्लाई ग्रिल र शार्क फिन अन्टेना जस्ता फिचर प्रदान गरिएको छ । यसमा १५ इन्चको अल्लोय ह्वील पनि दिइएको छ । यस्मा एन्टिलक ब्रेकिङ सिस्टम, फ्रन्टल डुअल एयरब्याग, डाइनामिक लाइन र प्रोक्सिमिटी अलार्म सहितको पार्किङ सेन्सरसहितको रियरभ्यू जस्ता फिचर रहेका छन् । यसमा पार्किङ र रिभर्सिङ दुवैका लागि चेतावनी बत्तीहरू पनि रहेका छन् ।


एमएडब्लू चांगनको प्रिमियम सेडान ‘एल्सभीन’ को सुरुवाती नेपाली मूल्य ४२ लाख कायम गरेको छ । कम्पनीले यसलाई काठमाडौंको सोल्टी होटलमा गएर ग्राहकहरुले टेष्ट ड्राइभ गर्न सक्ने बताएको छ । चांगन अटो चीनको नम्बर १ ब्रान्ड हो भने यसले नेपालमा समेत राम्रो प्रतिक्रिया बटुल्ने कम्पनी सकारात्मक रहेको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments