सार्वजनिक भयो २०२० कावासाकी भर्सिस १००० बीएस ६

कावासाकी मोटरसाइकलले एड्भेन्चर टुरिङ मोटरसाइकल भर्सिस १००० सार्वजनिक गरेको छ । यसको लुक र फिचरमा केही परिवर्तन गरिएको छैन । सो बाइक पर्ल स्टारडस्ट/मेटालिक स्पार्क ब्ल्याक, र क्यान्डी लाइम ग्रीन÷मेटालिक स्पार्क ब्ल्याक गरी २ रङमा उपलब्ध रहेको छ ।

बीएस६ कावासाकी भर्सिस १००० मा १०४३ सीसी, लिक्विड कुल्ड, इन लाइन फोर सिलिन्डर इन्जिन समावेश गरेको छ । जसले ९००० आरपीएममा ११८ बीएचपीको पावर र ७५०० आरपीएममा १०२ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ६ स्पिड गियरबक्समा उपलब्ध रहेको छ । यसमा कावासाकी कार्नरिङ म्यानेजमेन्ट फंक्सन, कावासाकी ट्रयाक्सन कन्ट्रोल र कावासाकी इन्टेलिजेन्ट एन्टि लक ब्रेक्सको साथमा स्ट्यान्डर्ड इलेक्ट्रोनिक कु्रज कन्ट्रोल समावेश गरेको छ ।

सो मोटरसाइकलमा ट्वीन एलईडी हेडल्याम्प, एक पार्ट डिजिटल÷पार्ट एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एडजस्टेबल विन्डस्क्रिन र असिस्ट एन्ड स्लिपर क्लच समावेश गरेको छ । सो मोटरसाइकलमा १७ इन्चको अलोय ह्विलको साथमा १२०÷७० सेक्सन टायर्स र रियरमा १८०÷५५ सेक्सन टायर्स समावेश गरेको छ ।

ब्रेकिङकोे बारेमा भन्ने हो भने यसमा डुअल सेमी फ्लोटिङ ३१० एमएम पेटल डिस्क अप फ्रन्ट र रियरमा सिंगल २५० एमएम पेटल डिस्कको साथमा डुअल च्यानल एबीएस समावेश गरेको छ ।

Share Page

0 Comments

Write a comment

menu
menu