बजाजले प्लाटिना १००को बीएस६ मोडल सार्वजनिक गरेको छ । बीएस ६ बजाज प्लाटिना २ भेरिएन्ट किक स्टार्ट र इलेक्ट्रिक स्टार्टमा उपलब्ध रहेको छ । बजाज प्लाटिनाको अपडेटेड मोडलमा फ्युल इन्जेक्टेड १०२ सीसी, सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसले ७.७ बीएचपीको पावर र ८.३४ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड गियरबक्स समावेश गरेको छ ।
सो बाइकमा कस्मेटिक परिवर्तन पनि गरिएको छ । बाइकको कलर्ड काउल ठाउँमा टिन्टेड विन्डस्क्रिन राखिएको छ । हेडल्याम्प युनिटमा केहि परिवर्तन गरिएको छैन । तर एलईडी डिआरएललाई हेडल्याम्पमा झुकाएको छ । यसमा रिब्ड पेटर्न भएको नयाँ सिट जडान गरिएको छ जस्तो प्लाटिना ११० एच गियरमा समावेश थियो ।
कम्पनीका अनुसार अपडेटेड प्लाटिनामा एक्स्ट्रा लङ डबल स्प्रिङ रियर सस्पेन्सन, स्प्रिङ साफ्ट सिट, डायरेक्सनल टायर र रबर फुटप्याडले बाइकलाई राइडिङ गर्न कम्फर्ट बनाउँछ । प्लाटिनाको फ्रन्टमा १३० एमएम र रियरमा ११० एमएम ड्रम ब्रेक रहेको छ । बाइकमा कम्बाइन्ड ब्रेकिङ सिस्टम समावेश गरेको छ ।
अपडेटेड बाइकको डायमेन्सन्समा केही परिवर्तन गरिएको छैन । पुरानो मोडल जस्तै यसको लम्बाई २००३ एमएम, चौडाई ७१३ एमएम र उचाई ११०० एमएम रहेको छ । बाइकको ह्वीलबेस १२५५ एमएम र सिट हाइट ८०४ एमएम रहेको छ ।
सो बाइकको ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ । बाइकको किक स्टार्ट भेरिएन्टको तौल ११६ किलोग्राम र इलेक्ट्रिक स्टार्ट भेरिएन्टको तौल ११७.५ किलोग्राम रहेको छ । सो बाइक रातो र कालो गरी २ रङमा उपलब्ध रहेको छ ।
PREVIOUS NEWS