विश्व प्रख्यात गाडी कम्पनी बिएमडब्ल्यु नेपाली बजारमा सार्वजनिक भएको छ । जर्मन ब्रान्ड बीएमडब्ल्युलाई नेपाली बजारमा स्थापित गर्न लक्ष्मी प्रिमियम मोटर्सले बिएमडब्ल्यू गाडीको औपचारिक रुपमा बिक्री समेत सुरु गरेको छ । सोमबार भर्चुअल कार्यक्रम गरी नेपालमा सो गाडी सार्वजनिक गरिएको थियो । काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुम सहित बीएमडब्ल्युले आधिकारिक रुपमा आफ्नो गाडीको बिक्री सुरु गरेको छ । यसको बुकिङ पनि राम्रो रहेको कम्पनीको दाबी छ र हालसम्म ६ वटा गाडी पनि बिक्री भइसकेको छ ।
जर्मन ब्राण्ड बिएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न लक्ष्मी प्रिमियमले बिएमडब्ल्यू एशिया र बिएमडब्ल्यू बंगलादेशसँग सहकार्य गरेर अगाडि बढेको दाबी गरेको छ । साथै, बीएमडब्ल्यु बंगलादेशले विगतमा पाएको सफलताको उदाहरणलाई लक्ष्मी प्रिमियम मोटर्सले नेपालमा पनि तेही उदाहरणलाई लिएर अगाडि बढने जमर्को लिएको छ । तीनकुनेमा अवस्थित कम्पनीले गाडीको शोरुम निकै उत्कृष्ट र उतम बनाएको छ । शोरुममा विभिन्न ४ मोडलका कारको प्रदर्शनी गरिएको छ भने अर्कोतर्फ सर्भिस एरिया पनि समाबेश गरिएको छ ।
कम्पनिले ग्राहकलाई अहिलेको परिस्थितिमा कन्ट्याक्ट लेस टेष्ट ड्राइभको सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले टेस्ट ड्राइभको सुविधासहित लक्ष्मी प्रिमियमको वेबसाइट वा फोन कलको माध्यमबाट आफ्नो टेस्ट ड्राइभ बुक गर्न सकिने समेत जनाएको छ । नेपाली बजार बिएमडब्ल्यूको लागि निकट भविष्यमा उदाउँदो बजार रहेकाले नेपालमा बिएमडब्ल्यू ब्रान्डको उपस्थिति बलियो हुने कम्पनिको भनाइ छ । यसका साथै बिएमडब्ल्यूका ग्राहकहरुले नेपाली बजारमा ‘डाइनामीक, इनोभेटिभ तथा बोल्ड’ कारको अनुभव गर्न पाउने भएका छन ।
PREVIOUS NEWS