नाडा अटो शोमा सार्वजनिक भएको होण्डा नेभी-११० को बाइक बिक्री सुरु धेरै अघी भएको हो । नेपालको लागि होण्डा मोटरसाइकलको आधिकारिक विक्रेता स्याकर ट्रेडिङ कम्पनीले यो बाइक भित्र्याएको हो । पहिलो लटमा नेपाल ल्याउने भनेको ५ सय वटा बाइक नेपाल आएको कम्पनीले जनाएको थियो । नेपालमा यो बाईकको राम्रो र् सफल रुपमा चलेको पाइएको छ । यो बाईकलाई स्कूटर र मोटरसाइकल दुबै रुपले हेरिन्छ ।
कम्पनीका अनुसार यस अघि मे बाट नयाँ भिनै सिलको बिक्री सुरु गर्ने भनिए पनि बाइक छिटै नेपाल आएकाले बिक्री सुरु गर्न लागिएको जनाएको छ । कतिपय बाइक नेपाल आइसकेको छ भने कतिपय आउने क्रममा रहेको छ । कम्पनीले बुकिङ भने नाटा अटो-शोमा नै गरेको थियो । यो बाईक महिला र पुरुष सबैलाई चलाऊन सहज हुने गरी बनाइएको छ ।
यसमा ३.८ लिटर इन्धन टयांकी छ । यो मोटसाइकलको नेपाली मूल्य १ लाख ५४ हजार ९ सय रुपैयाँ तोकिएको छ । आकर्षक लुक भएको मोटरसाइकलमा डिक्स बे्रक जडान गरिएको छ ।
भारतमा प्रतिलिटर ६० किलोमिटर माइलेज दिने भनिएपनि काठमाडौं लगायतका शहरमा भने ४० देखि ४५ किलोमिटरमात्र माइलेज दिने कम्पनीको भनाइ छ ।
नयाँ स्पोर्ट्स बाइक युवा पुस्ताले बढी मन पराउने अपेक्षा गरिएको छ । कम्पनीले यसलाई फन सेगमेन्टको सवारी रुपमा प्रचार गरेको छ । यसको ग्राउण्ड क्लिरेन्स १५६ मिलिमिटर छ भने कुल तौल १ सय १ केजी छ ।
NEXT NEWS