Home / Blogs / बेनेली प्यानेरिया १२५ ईएफआई नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Scooters
  • 0

बेनेली प्यानेरिया १२५ ईएफआई नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

बेनेलीको रेट्रो स्कुटर प्यानेरिया १२५ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले एक कार्यक्रमका बीच सो स्कुटर सार्वजनिक गरेको हो । हालसम्म नेपालमा भने बेनेलीले कुनै पनि स्कुटर उपलब्ध थिएनन । यससँगै नेपाली बजारमा पहिलो पटक इटालियन रेट्रो स्कुटर सार्वजनिक भएको हो । इटालीमा अवस्थित एक आइल्यान्डको नामबाट सो स्कुटरको नाम ‘प्यानेरिया’ राखिएको हो । कम्पनीले यसको बुकिङसमेत खुल्ला भइसकेको जनाएको छ ।


बेनेली प्यानरियामा १२४ सीसी सिगंल सिलिन्डर, फोर स्ट्रोक, टू भल्भ, एफआई इन्जिन दिइएको छ जुन इन्जिनले ६००० आरपीएममा ८.५ हर्स पावर तथा ७५०० आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्दछ । यो स्कुटरको फ्रन्टमा टेलीस्कोपीक सस्पेन्सन र रियरमा स्वीङ आर्म सस्पेन्सन दिइएको छ ।यसमा ड्युअल पिस्टन क्यालिपर सहितको ९० एमएम ट्राभल र १९० एमएम डिस्क ब्रेकिङ सिस्टम दिइएको छ । यसको १२ इन्च आल्मुनियम अलोय रिममा १००/९०–१२ र ११०/९०–१२ ट्युबलेस टायर रहेको छ ।


प्यानरिया १२४ को लम्बाई १८२५ एमएम, चौडाई ६८५ एमएम, उचाई ११७५ एमएम, १२७० एमएम ह्वीलवेस र १२५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । स्कुटरको तौल जम्मा १०४ केजी रहेको  छ भने सो स्कुटरमा ४.६ लिटरको इन्धन ट्यांकी दिइएको छ । सो स्कुटरमा १२÷९० साइजको टायर प्रयोग गरिएको कम्पनीले जनाएको छ । 


बेनेली प्यानरियामा फुल्ली डिजिटल ड्यासबोर्ड, डीआरएल सहितको नयाँ एलइडी हेडल्याम्प तथा ट्वीन ट्रयाङग्लर टेलल्याम्प, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, फ्रन्ट डिस्क ब्रेकिङ सिस्टम, किल स्विच, चार्जिङ प्वाइन्ट जस्ता विभिन्न बिशेषता पाउन सकिन्छ । यो स्कुटरमा १२ इन्चको ह्विल, लेदर फिनिस्ड गरिएको आरामदायी सिट, किल स्विच, हजार्ड लाइट र कम्फर्टेबल एलईडी लाइट सेटलगायत जस्ता अन्य फिचर पनि उपलब्ध छन् । ब्लुटुथ कनेक्ट फिचर तथा फ्रन्ट ग्लोभबक्स, साइड स्ट्यान्ड इन्जिन कट, चार्जिङ पोर्ट पनि यसमा समाबेश छन ।


बेनेली प्यानरिया स्कुटर ब्लु, ब्ल्याक, यल्लो र ह्वाइट गरि चार कलर भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । सो स्कुटरको मूल्य ३ लाख ३५ हजार रुपैयाँ निर्धारण गरिएको समेत कम्पनीले बताएको छ ।  सो स्कुटरले नेपाली बजारमा इटालीयको अर्को ब्रान्ड भेष्पासँग प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments