बजाज मोटरसाइकले नयाँ 'लुक्स'मा पल्सर एनएस १६० बजारमा ल्याएको छ।
नयाँ मोटरसाइकललाई कम्पनीले 'स्पोर्टी लुक्स' दिएको छ।
मोटरसाइकलमा फोर स्ट्रोक आयल कुल्ड डिटिएसआइ इन्जिन छ। ६ वटा गेयर छ। मोनोसक छ। १२ लिटरको इन्धन ट्यांकी छ। मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स १७८ एमएम छ।
पल्सर एनएस १६० मा अल न्यु डीटीएसआई १६०.३ सीसीको आयल कुल्ड सिंगल सिलिन्डर इन्जिन छ । यो मोटरले १५.५ पिए एट दि रेट ८,५०० आरपीएमको शक्ति तथा ६,५०० आरपीएममा १४.६ एनएमको अधिकतम टर्क उत्पन्न गर्नेछ ।
यस मोटरसाइकलमा सिंगल च्यानल एबिएस दिइएको छ । यसका अलवा मोटरसाइकलको मेकानिकल र कस्मेटिक पार्टमा कुनै परिमार्जन गरिएको छैन ।
प्यासन रेड, पर्ल मेटालिक ह्वाइट, स्याफिर ब्लु र मिक्स्ड स्टेन ब्ल्याक गरी चार कलरमा उपलब्ध पल्सर एनएस १६० बजाजका नेपालभर रहेका सो–रुममा उपलब्ध छ ।
नयाँ बजाज पल्सर १६० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आर्कषीत गर्न बायकमा मोटो हृवील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ ।
एनएस बजाजका अनुसार युवा पुस्तालाई लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, लोंगेर व्हील्बेस राखिएको छ ।
होन्डाको सिबी हर्नेट १६० आर, सुजुकीको जिक्सर र टिभिएसको एपाचे आर टी आर १६० लाईसँग प्रतिष्प्रर्धा गर्न बजाजले नयाँ लुक्समा मोटरसाइकल ल्याएको हो ।
पल्सर एनएस १६० टिडिले अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । कम्पनीका अनुसार यसको सुरु मूल्य दुई लाख ५९ हजार नौ सय तोकिएको छ ।
यसमा १२ लिटर पेट्रोल अट्ने ट्यांकी दिइएको छ भने ग्राउन्ड क्लीयरेन्स १६७ एम एम रहेको छ ।
PREVIOUS NEWS