Home / Blogs / बजाज डोमिनार २५० आकर्षक ड्युअल टोन कलर अपसनमा सार्वजनिक
  • Latest Bikes
  • 0

बजाज डोमिनार २५० आकर्षक ड्युअल टोन कलर अपसनमा सार्वजनिक

Nepal Auto Trader

Share this News

image

बजाजले डोमिनार २५० लाई ड्युअल टोन एडिसनसहित बजारमा सार्वजनिक गरेको छ । सो बाइक नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने कम्पनीले जनाएको छ जसमा नयाँ डाइनामिक कलर अप्सनको धेरै रेन्ज उपलब्ध हुनेछ । फ्रेस लुक दिइएको सो बाइकमा रेसिङ रेड, मेट सिल्भर, साइट्रस रस, मेट सिल्भर, स्पार्कलिङ ब्ल्याक र मेट सिल्भर जस्ता कलर अप्सन उपलब्ध छन । डोमिनार २५० मा कलर अप्सनका अलावा अन्य परिवर्तन भने खासै नगरिएको कम्पनीले जनाएको छ ।  


बजाज डोमिनार २५० मा २४८.७७ सिसी एफआइ इञ्जिन जडान गरिएको छ, जसले ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । सो बाइकमा सिङ्ल सिलिन्डर, लिक्विडकुल्ड, ट्विनस्पार्क, ४–स्ट्रोक, ४–भल्व राखिएको छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।  सस्पेन्सनका लागि सो बाइकमा टेलिस्कोपिक ३७ एमएम यूएसडी फ्रन्ट फोर्कको साथ १३५ एमएम ट्राभल र पछाडिको ११० एमएम ह्विल स्ट्रोकमा रहेको मल्टी–स्टेप एड्जस्टेबल मोनोसक दिइएको छ ।


बजाज डोमिनार २५० मा थुप्रै विशेषताहरु समाबेश गरिएको छ । यसमा सबै लाइट एलइडी प्रयोग गरिएको छ । अलोय ह्वील, स्प्लीट सिट,मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, सिग्नेचर एलइडी हेडल्याम्प, अटोमेटिक हेडल्याम्प, युएडी फर्क, स्लिपर क्लच जस्ता थुप्रै विशेषता हरु रहेका छन  । त्यस्तै यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एबिएसमा पनि उपलब्ध रहेको छ । बजाज डोमिनार २५० बिम–टाइप पेरिमिटर फ्रेममा बनाइएको एक उत्कृष्ट मोटरबाइक हो । 


बजाज डोमिनार २५० को नेपाली बजार मूल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । भारतमा बजाजले आफ्नो मोटरसाइकलको मूल्य पछिल्लो समयमा घटाए पनि नेपालमा भने यसको मूल्य लगातार रुपमा बढिरहेको छ । बिशेष श्रोतका अनुसार बजाजको बहुप्रतिक्षित मोटरसाइकल डोमिनार २५० ड्युअल टोन सहित अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments