Home / Blogs / नेपाली बजारमा अब बजाज डोमिनार २५० काे विक्री सुरू
  • Latest Bikes
  • 0

नेपाली बजारमा अब बजाज डोमिनार २५० काे विक्री सुरू

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले नयाँ बजाज डोमिनार २५० को बिक्री सुरु गरेको छ । सो कम्पनीले आफ्नो नेपाल भर रहेकाे डिलर नेटवर्कबाट डाेमिनार २५० काे विक्री सुरू गरेकाे जानकारी दिएको छ  । कम्पनीले यसको नेपाली मूल्य ४ लाख ८९ हजार ९ सय निर्धारण गरेको छ । क्यान्योन रेड र चार्कोल ब्ल्याक रंगमा डोमिनार २५० नेपाली बजारमा  उपलब्ध रहेको छ  । 


बजाज डोमिनार २५० मा २४८.७७ सिसी एफआइ इञ्जिन जडान गरिएको छ, जसले ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । सो बाइकमा सिङ्ल सिलिन्डर, लिक्विडकुल्ड, ट्विनस्पार्क, ४–स्ट्रोक, ४–भल्व राखिएको छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।  १३२ किमी प्रति घण्टासम्म सम्मको रफ्तारमा गुड्नसक्ने यो मोटरसाइकल १०.५ सेकेन्डमा ०–१०० किमि प्रतिघन्टाको स्पिडसम्म कुद्न सक्ने कम्पनीले बताएको छ ।


बजाज डोमिनार २५० मा डोमिनार ४०० मा रहेको थुप्रै विशेषताहरु राखिएको कम्पनीले जनाएको छ । यसमा सबै लाइट एलइडी प्रयोग गरिएको छ । अलोय ह्वील, स्प्लीट सिट,मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, सिग्नेचर एलइडी हेडल्याम्प, अटोमेटिक हेडल्याम्प, युएडी फर्क, स्लिपर क्लच जस्ता थुप्रै विशेषता हरु रहेका छन  । त्यस्तै यसमा अगाडि ३०० एमएम डिस्क छ भने पछाडि २३० एमएम डिस्क छ । नयाँ बजाज डोमिनार २५० डुअल–च्यानल एबिएसमा पनि उपलब्ध छ । 


Our latest comments