Home / Blogs / बजाजको इलेक्ट्रीक स्कुटर चेतक सार्वजनिक
  • Latest Bikes
  • 2

बजाजको इलेक्ट्रीक स्कुटर चेतक सार्वजनिक

Nepal Auto Trader

Share this News

image

बजाजले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर चेतकलाई सार्वजनिक गरेको छ। कम्पनीले आजबाट यसको बिक्री सुरु गर्न भएको हो । १४ वर्षसम्म उत्पादन नभएको बजाजको चेतक स्कुटर फेरी बजारमा आउने भएको हो ।  कम्पनीले ल्याएको पहिलो इलेक्ट्रीक स्कुटर चेतकमा राउन्ड हेडल्याम्पसँगै हर्ष सुज सेप एलइडी डिआरएलएस ल्याम्प दिएको छ । यसमा, एप्रोन माउन्टेड एलइडी साइड टर्न इन्डिकेटर लगाइएको छ भने, फक्स एयरभेन्ट जोडिएको छ ।

यो स्कुटर २ ओटा भेरियन्टमा उपलब्ध हुनेछ। इको भेरियन्टको स्कुटरले ९५ किलोमिटर र स्र्पोट भेरियन्टले ८५ किलोमिटर माइलेज प्रदान गर्ने एजेन्सीले जनाएको छ। चेतक स्कुटर ६ ओटा रङ्गमा उपलब्ध हुनेछ। यसमा उपलब्ध राउन्ड सेपको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले चालकलाई स्कुटरको अवस्थाबारे सूचना दिने गर्छ । यसमा स्प्लिट स्टाइल एलइडी टेलल्याम्प र इन्स्ट्रुमेन्ट क्लस्टरमा ब्ल्युटुथ कनेक्टीभिटीको फिचर दिइएको छ ।

पहिले सार्वजनिक भएको तस्बिरका आधारमा सो स्कुटर रेट्रो–मोडर्न डिजाइनको हुनेछ भने हाल प्रचलित भेस्पा स्कुटरको स्टाइलबाट यो प्रभावित हुनेछ । बजाज अटोले १९७२मा पहिलो पटक सार्वजनिक गरेको चेतकको २००६मा उत्पादन बन्द गरेको थियो। चालकले आफ्नो स्मार्टफोनमा स्कुटर नेक्ट एप जोड्न सक्ने छन् । यसले, मोबाइलमा आएको कल, म्यासेज नोटिफिकेशन, टर्न वाइ टर्न नोटिफकेशन डिस्प्लेमा देखाउने गर्छ ।

सिंगल पिश सिट लगाइएको चेतक स्टाइलिस लुक्समा आएको छ । यसमा उपलब्ध पिलिन सिटले राइडरलाई सजिलो बनाउँछ । यसमा लामो साइजको फुट बोर्ड लगाइएको छ भने फ्रन्ट साइडमा एप्रोन जोडिएको छ । चेतकको फ्रन्ट साइडमा सिंगल साइडेड टेलिस्कोपिक सेटअप र रियरमा सिंगल साइडेड स्प्रिंग सेटअप दिइएको छ । फ्रन्ट साइडमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक लगाइएको उक्त स्कुटरमा चालकको सुरक्षाको लागि सीबीएसको फिचर दिइएको छ ।


Our latest comments

Is bajaj chetak electric scooter launch in nepal

Is bajaj chetak electric scooter available in Butwal city in nepal