बजाज मोटरसाइकलको फेरी मूल्य वृद्धि भएको छ । बजाजले विभिन्न आर्थिकस्तर भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारका मोटरसाइकलहरु नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले मोटरसाइकलको मूल्य बढाएको जनाएको छ । कम्पनीले फेब्रुअरी २०२२ बाट लागु हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक पनि गरेको छ । हालै जारी गरिएको नयाँ मूल्यसूची अनुसार केही मोडलको मूल्य वृद्धि भएको छ भने केही मोडलको मूल्य यथावत नै रहेको छ ।
नेपाली बजारमा बजाजका मोटरसाइकल निकै लोकप्रिय छन र सोही कारणले गर्दा बजाज नेपालमा सर्वाधिक मोटरसाइकल विक्री गर्ने कम्पनीमा पर्दछ । अन्तर्राष्ट्रिय बजारमा मोटरसाइकलको मूल्यमा भएको वृद्धिसँगै नेपालमा मूल्य वृद्धि गरिएको कम्पनीले जनाएको छ । बजाज मोटरसाइकलको मोडलहरुको नयाँ मुल्य यसप्रकार रहेको छ ।
यस्तो छ सबै मोडलको नयाँ मूल्य:
मोडल | इन्जिन क्षमता | नयाँ मूल्य |
प्लाटिना इएस | १०२ सिसी | रु. १,८९,९०० |
पल्सर २०० एनएस एफआई एबिएस | १९९.५ सिसी | रु. ३,९५,९०० |
पल्सर २०० एनएस एबिएस | १९९.५ सिसी | रु. ३,६९,९०० |
पल्सर १५० टिडी | १४९.५ सिसी | रु. २,९२,९०० |
पल्सर १५० | १४९.५ सिसी | रु. २,७६,९०० |
पल्सर १२५ | १२४.४ सिसी | रु. २,४६,९०० |
पल्सर १६० एनएस एबिएस | १६०.३३ सिसी | रु. ३,२४,९०० |
पल्सर २२० एफ | २२० सिसी | रु. ३,६४,९०० |
डिस्कभर ड्रम | १२४.४ सिसी | रु. २,००,९०० |
डिस्कभर डिस्क | १२४.४ सिसी | रु. २,१६,९०० |
डिस्कभर एसटी | १२४.४ सिसी | रु. २,२७,९०० |
एभेन्जर २२० | २२० सिसी | रु. ३,६६,९०० |
एभेन्जर १६० | १६०.३३ सिसी | रु. ३,४५,९०० |
डोमिनार २५० | २४८.७७ सिसी | रु. ५,१८,९०० |
डोमिनार ४०० | ३७३.३३ सिसी | रु. ५,८९,९०० |
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।