बजाज मोटरसाइकलको फेरी मूल्य वृद्धि भएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले मोटरसाइकलको मूल्य बढाएको जनाएको छ । कम्पनीले जनवरी २०२३ बाट लागु हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक पनि गरेको छ । हालै जारी गरिएको नयाँ मूल्यसूची अनुसार केही मोडलको मूल्य वृद्धि भएको छ भने केही मोडलको मूल्य यथावत नै रहेको छ । नयाँ मूल्यसूचीका अनुसार कम्पनीले १४ मध्ये ८ मोडलमा धेरै र ६ मोडलमा थोरै मूल्य बढाएको हो ।
बजाजले विभिन्न आर्थिकस्तर भएका ग्राहकलाई मध्यनजर गर्दै धेरै प्रकारका मोटरसाइकलहरु नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । नेपाली बजारमा बजाजका मोटरसाइकल निकै लोकप्रिय छन र सोही कारणले गर्दा बजाज नेपालमा सर्वाधिक मोटरसाइकल विक्री गर्ने कम्पनीमा पर्दछ । कम्पनीले ८ मोडलमा प्रति मोटरसाइकल २ हजार रुपैयाँका दरले मूल्य वृद्धि गरिएको छ भने ६ मोडलका मोटरसाइकलमा १ हजार रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ । बजाज मोटरसाइकलको मोडलहरुको नयाँ मुल्य यसप्रकार रहेको छ ।
यस्तो छ सबै मोडलको नयाँ मूल्य:
मोडल | इन्जिन क्षमता | नयाँ मूल्य |
प्लाटिना इएस | १०२ सिसी | रु. १,९५,९०० |
डिस्कभर डिस्क | १२४.४ सिसी | रु. २,२९,९०० |
डिस्कभर एसटी | १२४.४ सिसी | रु. २,३६,९०० |
डिस्कभर ड्रम | १२४.४ सिसी | रु. २,१०,९०० |
पल्सर १२५ डिस्क | १२४.४ सिसी | रु. २,५१,९०० |
पल्सर १२५ एनएस बीएस ६ | १२४.४ सिसी | रु. २,७९,९०० |
पल्सर १५० एसडि | १४९.५ सिसी | रु. २,८८,९०० |
पल्सर १५० टिडी | १४९.५ सिसी | रु. ३,०५,९०० |
पल्सर १६० एनएस टिडी एबिएस | १६०.३३ सिसी | रु. ३,३०,९०० |
पल्सर एन १६० बीएस ६ | १६०.३३ सिसी | रु. ३,७९,९०० |
पल्सर २२० एफ एबिएस | २२० सिसी | रु. ३,९४,९०० |
पल्सर २०० एनएस (एबिएस बिना) | १९९.५ सिसी | रु. ३,३५,९०० |
पल्सर २०० एनएस एफआई एबिएस | १९९.५ सिसी | रु. ४,०१,९०० |
पल्सर २०० एनएस एफआई एबिएस बीएस ६ | १९९.५ सिसी | रु. ४,१०,९०० |
पल्सर २५० एन डुअल एबिएस बीएस ६ | २४९०.७ सिसी | रु. ४,८९,९०० |
एभेन्जर १६० एबिएस | १६०.३३ सिसी | रु. ३,५३,९०० |
एभेन्जर २२० | ३७३.३३ सिसी | रु. ४,०५,९०० |
डोमिनार २५० एबिएस | २४८.७७ सिसी | रु. ५,६७,९०० |
डोमिनार २५० एबिएस बीएस ६ | २४८.७७ सिसी | रु. ५,८९,९०० |
डोमिनार ४०० एबिएस बीएस ६ | ३७३.३३ सिसी | रु. ६,४४,९०० |
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।
PREVIOUS NEWS