बजाज मोटरसाइकलको नयाँ मोडल पल्सर एन १६० सार्वजनिक भएको छ । नयाँ पल्सर एन १६० सिंगल च्यानल एबीएस र ड्युअल च्यानल एबीएस गरी २ भेरिएन्टमा सार्वजनिक गरिएको छ । धेरै पटक परीक्षणमा देखिएको र केही दिन अघी टिजर समेत सार्वजनिक गरिएको यो मोडल नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने कम्पनीले जनाएको छ । नयाँ मोटरसाइकल एन १६० पल्सर २५० एनमा आधारित रहेको छ भने यसलाई कम्पनीले पल्सर एनएस १६० को प्लेटफर्ममा तयार गरेको छ ।
बजाज पल्सर एन १६० मा १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । सो इन्जिनमा ५ स्पिड गियरबक्स जडान गरिएको छ । मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक रहेको छ भने यसमा सिंगल च्यानल र डबल च्यानल एबीएसको अप्सन दिइएको छ । बाइकमा ३७ एमएमको टेलिस्कोपिक फोर्क अप फ्रन्ट र मोनो–शक प्रयोग गरिएको छ भने यसमा १७ इन्चको ह्वील रहेको छ ।
बजाज पल्सर एन १६० को लम्बाई २०३५ एमएम, चौडाई ७५० एमएम, उचाई ११६५ एमएम, ग्राउण्ड क्लियरेन्स १६५ एमएम र १३५८ एमएम ह्वीलवेस रहेको छ । सो बाइकमा १४ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ४५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । सिंगल च्यानल एबीएसको तौल १५२ केजी र ड्युअल च्यानल एबीएसको तौल १५४ केजी छ । बाइकको फ्रन्टमा १००/८०–१७ इन्चको टायर र रियरमा १३०/७०–१७ इन्चको टायर रहेको छ ।
बजाज पल्सर एन १६० मा एलइडी हेडल्याम्प, आइब्रो डिजाइनमा एलइडी लाइट, ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की, यूएसबी चार्जिङ पोर्ट, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, र अन्डरवेली एग्जस्ट जस्ता बिशेषता पाउन सकिन्छ । यसमा नयाँ ट्युबुलर फ्रेम च्यासिस रहेको छ । कम्पनीले यसमा सबै डिजिटल डिस्प्लेको प्रयोग गरेको जनाएको छ भने ट्यूवलेस टायर पनि यसमा रहेको छ ।
बजाज पल्सर एन १६० को नेपाली बजार मूल्य ३ लाख ५० हजार देखि ४ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ । यसको सिंगल च्यानल भेरियन्टको भारतीय मूल्य १ लाख २३ हजार भारु रहेको छ भने डबल च्यानल भेरियन्टको १ लाख २८ हजार रुपैयाँ रहेको छ । नेपाली बजारमा यसले टीभीएस अपाचे आरटीआर १६० ४ भी, यामाहा एफजेड र सुजुकी जिक्सरसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।