Home / Blogs / बजाज डोमिनार ४०० को अपडेटेड भर्सन सार्वजनिक; नेपाली बजारमा पनि आउने
  • Upcoming Bikes
  • 0

बजाज डोमिनार ४०० को अपडेटेड भर्सन सार्वजनिक; नेपाली बजारमा पनि आउने

Nepal Auto Trader

Share this News

image

बजाज अटोले बजाज डोमिनार ४०० को अपडेटेड भर्सन बजारमा सार्वजनिक गरेको छ । कम्पनीले बजाज डोमिनारलाई अझै टुरर प्रेरित मोडलमा ल्याएको जनाएको छ । सो बाइकमा फ्याक्ट्री फिट टुरिङ एसेसरिजको जडान गरिएको छ जसले गर्दा सो बाइकमार्फत लामो दूरीको यात्रा गर्न सहज हुने छ । नयाँ बजाज डोमिनार नेपाली बजारमा पनि छिट्टै सार्वजनिक हुने कम्पनिले जनाएको छ । फ्रेस लुक दिइएको सो बाइक बाइक अरोरा ग्रीन र चारकोल ब्ल्याक कलरमा उपलब्ध छ ।


नयाँ बजाज डोमिनारमा नयाँ एशोसरिज थप गरेर सार्वजजिनक गरिएको छ जसमा ठूलो विन्डस्क्रिन, लगेज क्यारियर, ब्याक स्टपर र साथै फ्लेक्सी विङ्लेटले सुसज्जित जेट फाइटर इन्स्पायर्ड ह्यान्डगार्ड देख्न सकिन्छ । यसको साथै यसमा मेटल स्किड प्लेटको साथमा नयाँ इन्जिन बास प्लेट, नयाँ लेग गार्ड, नेभिगेसन सपोर्ट, युएसबी चार्जिङ पोर्ट, डिस्क ब्रेक र डुअल च्यानल एबीएस सिस्टम सहित अन्य फिचर समावेश गरिएको छ । कम्पनीले यसलाई  फ्याक्ट्री फिटेड फिचरका रुपमा दिएको छ ।


बजाज डोमिनार ४०० मा ३७३ सीसी, सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले ३५ वीएचपी पावर र ३५ एनएम टर्क उत्पादन गर्दछ । यसमा ६–स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ । बजाज डोमिनारको लम्बाई २१५६ एमएम, चौडाई ८१३ एमएम, उचाई १११२ एमएम र १४५३ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १७ इन्चको अलोय ह्वील समावेश गरिएको छ । १५७ एमएम ग्राउण्ड क्लियरेन्स रहेको सो एसयूभीमा एलइडी हेड ल्याम्प, टेल ल्याम्प, एड्भान्स स्पिडोमिटर लगायतका फिचर्स छन् । 


बजाज कम्पनीले एशोसरिजसहितको मोडललाई स्यान्डर्ड भर्सनको रुपमा सार्वजनिक गरेको हो र सो बाइकलाई नेपाली बजारमा छिट्टै सार्वजनिक गर्ने जनाएको छ । यसको  भारतीय मूल्य २ लाख १७ हजार रुपैयाँ तोकिएको छ भने नेपाली मुल्य भने सार्वजनिक हुन बाँकी नै छ । यसको इन्धन क्षमता १३ लिटर छ भने यसले २५.५९ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।









Our latest comments