Home / Blogs / अर्थर इलेक्ट्रीक क्रुजर मोटरसाइकल अब छिट्टै सार्वजनिक हुने
  • Upcoming Bikes
  • 0

अर्थर इलेक्ट्रीक क्रुजर मोटरसाइकल अब छिट्टै सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

लोकप्रिय भारतीय कम्पनी अर्थर इनर्जीले इलेक्ट्रीक क्रुजर मोटरसाइकल बजारमा ल्याउने  अनुमान गरिएको छ । इलेक्ट्रीक स्कुटर उत्पादन गर्दै आएको अर्थरले हिरो मोटोकर्पको लगानीपछि थप मोडल उत्पादनमा आफुलाई केन्द्रीत गरेको जानकारी पाइएको छ ।

कम्पनीले हालै इलेक्ट्रीक क्रुजर मोटरसाइकलको डिजाइन बाहिर ल्याएको छ । कम्पनीका प्रडक्ट डिजाइनर श्रृजित कृष्णन् कुञ्जपानले उक्त मोटरसाइको डिजाइन सार्वजनिक गरेका हुन् । उनले उक्त मोटरसाइकललाई सार्क डिजाइनमा तयार पारेका छन् । लकडाउन अवधिमा नै उक्त डिजाइन तयार भएको उनले जनाए ।

डिजाइनरले यसको डिजाइनलाई पूर्ण क्रुजर बनाएका छन् । यसमा फ्रन्ट विन्डसिल्ड, स्प्लीट सिट, मोनोशक सस्पेन्सन, स्मार्ट कनेक्टिभिटी, वायारलेस फोन चार्जर जस्ता फिचर समावेस गरिएको छ । कम्पनीले यसअघि नै मोटरसाइकल सेग्मेन्टमा प्रवेश गर्ने जनाई सकेको छ । सो बाइक चाँडै नै बिक्रीको लागि उपलब्ध हुनेछ । सो बाइकले हार्ले डेभिडसन लाइभवायर र जेरो एसआर÷एफसँग प्रतिस्पर्धा गर्नेछ । नेपालमा पनि  सो बाइक छिट्टै सार्वजनिक गर्ने अनुमान गरिएको छ  ।


Our latest comments